Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चित्रगुप्त पुजा मनाउँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan

विराटनगर, २३ कात्तिक (रासस) ः यहाँ बसोबास गर्ने कायस्थ समूदायले आज चित्रगुप्त पूजा हर्षोल्लासका साथ मनाउँदैछ ।

भाइटीकाको दिन गरिने यस पूजामा कायस्थ समुदायले आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् ।

पूजाका अवसरमा ती समुदायले विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचोक, सैनिकटोललगायतका स्थानमा हातमा कलम बोकेका भगवान चित्रगुप्तको पूजाअर्चना गरिनुका साथै आज रातभरी जाग्राम बस्ने गरी विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

चित्रगुप्त समाज कल्याण परिषद् युवा समिति तिनटोलीयाले यसै अवसरमा मौलिक मिथिला चित्रकला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

श्रृष्टिकर्ता परमपिता ब्रम्हाको इच्छापुत्र चित्रगुप्तको सन्तान भएको मान्यता राख्ने यो समुदायले सदियौँदेखि यो परम्परा मान्दै आएका हुन् । भाइटीकाको दिन सम्पन्न हुने यस पूजाको भोलिपल्ट नजिकैको पवित्र जलाशयमा भगवान चित्रगुप्तको प्रतिमा सेलाउने गरिन्छ ।

कलमका देवता तथा मानिसको पाप र पूण्यको लेखाजोखा राख्ने देउताको रुपमा भगवान चित्रगुप्तको पूजा गर्ने गरिन्छ । चित्रगुप्तलाई भगवान ब्रम्हाद्वारा यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख छ ।

चित्रगुप्त पूजाको दिनमा कायस्थ समुदायले कलम प्रयोग नगरी यसलाई धोइपखाली बिधिपूर्बक मन्त्रोचारण गरी पूजा गर्दछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan