Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२१ वर्षिया रिन्कुकुमारी सुतिरहेको अवस्था मृत,अन्यलाई के भो ? (पढ्नुहोस् नालीबेली)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २४ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ कार्तिक । सर्लाही, बझाङ, सिन्धुपाल्चोक, रुपन्देही, रोल्पा र अर्घाखाँचीमा ६ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाही चक्करघट्टा गाउँपालिका(७ पटेर्वा बस्ने २१ वर्षिया रिन्कुकुमारी यादव घरमै सुतिरहेको अवस्थामा शुक्रबार दिउसो मृत अवस्थामा फेला परेकी छिन् ।

रिन्कुकुमारीको कोठामा तलासी गर्द १ थान कटुवा पेस्तोल फेला परेकाले उनको २२ वर्षीय श्रीमान विवेककुमार यादवलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बझाङ बुङ्गल नगरपालिका(७ कोटिला बस्ने ६१ वर्षीय पुने बोहरा सोही ठाउँस्थित तोलिचौरमा शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका(५ स्थित मरामची बाघपाईला भिरमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष ५ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही बुटवल उपमहानगरपालिका(१८ रानिगंजमा सैनामैना नगरपालिका(४ मुर्गिया बस्ने ३० वर्षिय राज थारु शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

रोल्पा गंगादेब गाँउपालिका(५ लेकझाक्रीसल्लामा सोही ठाउँ बस्ने ४० वर्षीय देबराज परियार शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका(३ छापडाँडा बस्ने ४२ वर्षिया उजेली कुमाल शुक्रबार राति खाना खाई सुतेकोमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बेहोस भई मृत्यु 
 
काठमाडौं महानगरपालिका(१३ कालिमाटीस्थित सडकमा हाल नाम, थर, वतन नखुलका अन्दाजी ४२ वर्षीय पुरूष बेहोस अवस्थामा फेला परेकाले उपचारको लागि वीर अस्पताल लैजाने क्रममा शनिबार बिहान बाटोमै  मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हात्तिको आक्रमणबाट मृत्यु 

राप्ती नगरपालिका(२ गडौली स्थित खेतमा सोही ठाउँ कुपनडोल बस्ने २३ वर्षीय सागर राईलाई हात्तीले आक्रमण गर्दा शनिबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धारिलो हतियार प्रहारबाट मृत्यु

बाँके,राप्ति सोनारी गाँपालिका(१ गाभर बस्ने २१ वर्षीय हरीबहादुर बुढाको वादविवाद भई झगडा हुँदा धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही ठाउँस्थित थकाली होटलका साहु चन्द्रकिरण शाहसँग शुक्रबार राती झैझगडा हुँदा चन्द्रकिरणले प्रहार गरेको धारिलो हतियारबाट गम्भीर घाइते भएका हरीबहादुरको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।  धारिलो हतियार प्रहार गर्ने फरार चन्द्रकिरणको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan