Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा भेटिए एकै पटक १८ बाजा बजाउने मानिस ! यस्तो छ कला (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २६ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ कात्तिक । फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन चैन पुरे नेपाली बाजा र संस्कृति संरक्षणमा गम्भीरताका साथ पोखराको चिनारी बढाउने धूनमा लागिरहेका चैन पुरे    कालो चश्मा लगाइरहने उमेरले ६ दशक काट्नै लागेका यिनको संंस्कृतिमोह लोभलाग्दो छ ।

पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरबाट १६ वर्षे जवानीमा काठमाडौं पसेका चैन पुरे  । सानैदेखि संगीतका धुनमा लठ्ठिन रुचाउने उनले संघर्षका धेरै आरोहअवरोह पार गदै आएको उनि बताउछन् ।

आउने ग्राहकलाई विभिन्न तालका धुन सुनाएर मोहित बनाउँछन् । एकैचोटी १८ वटा बाजासमेत बजाउछन् उनि सिक्न चाहानेहरुलाई पनि   पनि बजाउने कला सिकाइदिन्छन्  उनि ।

आमा माया लक्ष्मी र पिता श्यामलाल श्रेष्ठका माइला छोरा अर्थात् सबैले भन्ने चैनपुरे र उनको खास नाम अर्जुन चैनपुरे । साधारण किसान परिवारमा जन्मेका चैनपुरेको बाल्यकाल अभाव बीच गुज्रियो  ।

काठमाडौं छिरेपछिका दिन पनि सहज रहेनन् । चैनपुरे संगीतमा र यो क्षेत्रमा लाग्दा आफूलाई ‘चैन’ भए पनि बुबा र परिवारले ‘चैन’ लिन नसकेको बताउँछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan