Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामाजिक सञ्जाल र स्टेजमा ‘भल्गारिटी’: को को छन् नग्नता बेच्ने कलाकार ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २८ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । संसारमा ‘भल्ग्यारिटी’ बढी बिक्नेमध्येमा पर्छ । नेपालमा पनि जति नै विवादित र आलोचित भए पनि सामाजिक सञ्जाल, इन्टरनेट र युट्युबमा बढी खोजिने पात्र तिनै हुन् । कला र प्रतिभामा कमजोर भए पनि नग्नता प्रदर्शन गरिएका दृश्य बढी बिक्ने गरेका छन् ।

उनीहरूको आम्दानीको मूल स्रोत पनि ‘युट्युब भ्युअर्स’ नै बन्ने गरेको छ । कतिसम्म भने यस्तै भल्गारिटी अनुहारका कलाकारले स्टेजमा बढी ताली पाउँछन् । सामाजिक सञ्जालमा उनीहरूकै बढी चर्चा हुने गर्छ ।

सामाजिक सञ्जालमार्फत नग्नता प्रदर्शन गर्दै चर्चा र विवादमा रमाउन खोज्नेहरू धेरै छन् । उनीहरूले युट्युब च्यानलहरूमा अश्लील अन्तर्वार्ता दिनेदेखि फेसुबकमा नग्न फोटो र भिडियो पोस्ट गर्ने गरेका छन् ।

आफूलाई गायिका, नायिका वा मोडल भनेर परिचय दिने यस्ता ‘कलाकार’ हरूको गायन, नृत्य वा अभिनयमा कलाभन्दा नग्नता र छाडापन प्रस्तुत हुने गरेको छ । कला र गलाभन्दा उनीहरू अश्लीलता बेचिरहेका छन् । सामाजिक सञ्जाल र मिडियाले आलोचना गरे पनि उनीहरूले त्यसलाई सहजै पचाइरहेका छन् ।

को को छन् नग्नता बेच्ने कलाकार ?
पछिल्लो समय आफ्नो कलाभन्दा पनि नग्नता बेच्ने महिला कलाकारको संख्या बढेको छ । चलचित्र, गीतसंगीतमा लागेका उनीहरू यिनै हर्कतका कारण चर्चित छन् । जसमा ज्योति मगर, अर्चना पनेरु, सरस्वती लामा, सोनिका रोकाया, लक्ष्मी आचार्य, तिर्सना बुढाथोकी, रिया श्रेष्ठ अग्रपंक्तिमा छन् ।

आफूलाई रक गायिका ठान्ने सरस्वती लामाकोे नाम जति पवित्र छ, उनको गतिविधि उत्तिकै छाडा छ । स्टेजमा गीत गाउन पाए आफूले लगाएका छोटा र पारदर्शी कपडासमेत फुकाल्न तयार हुने सरस्वतीका गीत हेर्न र सुन्नभन्दा उनको शरीर हेर्न उच्छृंखल युवाको भीड लाग्छ ।

सरस्वतीलाई आफ्नो तन र नितम्ब देखाउने छाडापन प्रदर्शन गर्न भ्याइनभ्याई छ । युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा उनी ‘अहिलेको जमानामा बिक्न अश्लीलता प्रदर्शन गर्न‘परेको’ स्वीकार्ने गर्छिन् । सामाजिक सञ्जालमा भने उनले आफ्नो सालिनता नै देखाएकी छन् ।

आफूलाई गायिका तथा मोडलको परिचय दिने लक्ष्मी आचार्य अहिले सामाजिक सञ्जालमा निकै चर्चित छिन् । पूरै नांगिएर कुकुर बोकेको फोटो केही समयअघि ‘शुक्रबार साप्ताहिक’ पत्रिकामा छापिएपछि उनी फेरि चर्चा र विवादको शिखरमा आइन् । फोटोमा लक्ष्मीले कुकुरको सहायताले आफ्ना गोप्य अंग छोपेकी छन् । स्वरभन्दा नग्नता प्रदर्शनमा विश्वास राख्ने लक्ष्मीलाई छोटा कपडा लगाएकै कारण स्टेजमा रुचाइने गरेको छ ।

किनकि, उनले गाएका गीतबारे कमैलाई मात्र थाहा होला । उनी आफ्ना गीतमा आफैँं मोडलिङ गर्छिन् । आफूलाई ‘हट र सेक्सी’ भन्न रुचाउने उनको फोटो हेरेर नाक खुम्च्याउनेहरू धेरै छन् । उनीचाहिँ भन्ने गर्छिन्, ‘स्टेजमा ज्याकेट र अरु कपडा फुकाल्नु मेरो स्टाइल हो । बाहिरी कपडा फुकाल्दैमा म नांगो हुन्न र अश्लीलता पनि फैलिँदैन ।’

पोर्नस्टार बन्ने सपना बोकेर राधजानी छिरेकी पात्र हुन्न्, अर्चना पनेरु । कञ्चनपुरको भाँसी स्थायी घर भएकी उनी अहिले मुम्बई पुगेकी छन् । आमा सुनिताको सहयोगमा उनले केही समयअघि पोर्नस्टारको अभ्यास भन्दै नग्न तस्बिर खिचेर सार्वजनिक गरेकी थिइन् । नग्न तस्बिर सार्वजनिक गरेपछि अश्लीलता फैलाएको आरोपमा प्रहरीले आमाछोरीलाई नै पक्राउ गरेको थियो ।

प्रहरीको फन्दाबाट छुटेपछि पनि आमाछोरीले पोर्नस्टार बन्ने सपना कुनै पनि हालतमा पूरा गर्ने बताउँदै आएका छन् । केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी अर्चनाको कलाभन्दा नग्नता नै बिक्दै आएको छ । उनले आफ्ना नग्न भिडियो युट्यबु र फेसबुकमा राख्दै आएकी छन् ।

नग्नता प्रदर्शन गरेर निकै चर्चामा आएकी अर्की पात्र हुन् ज्योति मगर । ज्योति मगरप्रति दर्शकको छुट्टै अवधारणा बनिसकेको छ । र, ती दर्शक भन्ने गर्छन्, ‘ज्योति मगरको स्वर र अभिनय अब्बल छैन, नग्नता र छाडा बोल्ने शब्द र सेक्सी लुक्स नै बिकेको हो ।’

उनको दर्शकसम्म पुग्ने बाटो गायन हो, तर उनले बेच्ने अश्लीलता मात्र हो । छाडा शब्द प्रयोग गर्दै दोहोरी गाउन खप्पिस ज्योति दर्शकको मागअनुसार स्टेजमै कपडा खोल्नसमेत पछि पर्दिनन् । मेला महोत्सवमा युवापुस्ता उतार्न आयोजकले उनको माग गर्ने गरेका छन् । विभिन्न समयमा गरेका हर्कतका कारण उनी चर्चामा आउने गरेकी छन् ।

तिर्सना बुढाथोकी नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो । उनको नाम जति चर्चित छ, उत्ति नै विवादित र बदनाम पनि । ग्ल्यामर बजारमा उनका काण्ड निकै हिट छन् । बाथरुममा नुहाएको फोटोदेखि भिडियोसम्म सामाजिक सञ्जालमा पोस्ट गर्न पछि परिनन् उनी । उनीमाथि अश्लीलतालाई मलजल गरेको आरोप लाग्यो र धेरै आलोचित भइन् ।

तर, एक अन्तर्वार्तामा पत्रकारले ‘तपाईं नांगिएर हिट हुन खोजेको हो ?’ भनेर प्रश्न गर्दा तिर्सना र पत्रकारको ठूलै झगडा परेको थियो । आफूलाई ‘हट एन्ड सेक्सी मोडल’ भन्न रुचाउने उनी फेसबुक लाइभमा पनि नग्नता प्रदर्शन गरिरहन्छिन् । अहिले उनी नेपालमा छैनन् । तर पनि नग्न भिडियो पोस्ट गर्दै आएकी छन् ।

अश्लीलता रोक्न सरकारको कडा कदम
‘अश्लीलता र नग्नताले बलात्कार र यौन हिंसाका घटना बढेको’ दाबी धेरैले गर्ने गर्छन् । ‘पहिरनले बलात्कार बढ्दैन’ भनेर टिप्पणी गर्नेहरू पनि कम छैनन् । तर, यी दाबी र टिप्पणी दुवै अनुमानित छन् अथवा नैतिकतासँग जोडिने विषय मात्र हुन् ।

सरकारले अश्लीलता र नग्नता अर्थात् छाडा गतिविधिविरुद्ध कदम चालिसकेको छ । अश्लील सामग्री राखिएका ‘पोर्न साइट’ बलात्कार र यौन हिंसा बढ्नुको मुख्य कारक ठहर गर्दै सरकारले त्यस्ता साइट बन्द गराउन थालिसकेको छ ।

चार लाखमध्ये ३० हजार साइट बन्द पनि भइसकेका छन् । अश्लीलता र नग्नताले यौन हिंसा बढाउँछ या बढाउँदैन भन्नेमा बहस हुुँदै जाला, तर अश्लीलता या नग्नता कलाकारका लागि चर्चा बटुल्ने सस्तो र सजिलो माध्यम भने बनिरहेको छ ।

कला क्षेत्रमा लामो समयसम्म संघर्ष गर्दा पनि नाम कमाउन नसकेपछि गुमनाम नहुन बरु बदनाम बन्न चाहनेहरूले अश्लीलता र नग्नताको सहयोग लिइरहेका छन् । गीत चल्नका लागि स्वर, नृत्य र अभिनय चल्न राम्रो सीप र कला नहुनेहरूका लागि चर्चा बटुल्ने सजिलो बाटो बनेको छ नग्नता । यसकै सहारामा देशदेखि विदेशका स्टेज शोमा उनीहरूकै आधिपत्य छ । तरुणका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan