Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी जवान हिरासतमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २८ बुधबार |
newsabhiyan

दाङ, २८ कात्तिक (रासस) ः थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिनुभएको छ । प्रहरीको गाडीबाट आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए । थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताउनुभयो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan