Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अष्ट्रेलिया जान टिकट खरिद गरिसकेका युवक वेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २८ बुधबार |
newsabhiyan
newsabhiyan

चितवन,कार्तिक २८ । भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी २४ बर्षिय सुदिप सापकोटा सोमवार साँझदेखि बेपत्ता भएका हुन् ।

अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा सोमवार नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा भरतपुरबाट बेपत्ता भएको बुबा गंगा सापकोटाले जानकारी दिए ।

बजारमा किनमेल सकेपछि मैलेनै पुल्चोकबाट क्याम्पस गेट सम्मको म्याजिक चढाएर पठाएको हो,उनले भने’,म पुल्चोक बाट गौरिगन्जतर्फ लागे,बेलुका घर फर्कदाँ छोरो पुगेको रहेनछ ।

उनले ५ बजेर १८ मिनेट पछि छोराको मोवाइल अफ भएको बताए । सुदिपले भारतमा बसेर कम्प्युटर इन्जिनियरको पढाई सकेका थिए ।

वेपत्ता छोराको खोजी गरिदिन परिवारले प्रहरी लगायत,आम नागरिकसँग आग्रह गरेकाछन् । अष्ट्रेलिया जान टिकट खरिद गरिसकेका यी युवक भरतपुरबाट कहाँ वेपत्ता भएका हुन् हाल सम्म चितवन प्रहरीले समेत भ्याउ पाउन सकेको छैन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan