Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल, ओली र प्रचण्डसँग मिसिएपछि वामदेव जील्ल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई भन्दा नेता माधवकुमार नेपाललाई नरम व्यवहार गरे पनि नेकपाका सचिवालय सदस्य बामदेव गौतम नेतृत्वसंग चिडिएका छन् ।

प्रतिनिधिसभा उप निर्वाचनमार्फत संसद पस्ने र प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने सपनामा तुसारापात भएपछि उनी प्रचण्ड र ओलीसंग चिढिएको नेताहरु बताउँछन् ।

सरकारसँग रुष्ट भएका नेता माधवकुमार नेपाल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको सरकारप्रति नरम व्यवाहार गरेकोमा पनि गौतमलाई चित्त बुझेको छैन ।

गौतमले सरकारले गति नलिएको भन्दै राष्ट्रिय सहमतिको सरकारको विकल्पका विषयमा बहस चलाएका छन् ।

राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रक्रियाको थालनी गर्ने घोषणा समेत गौतमले गरिसकेका छन् ।बहुमत भएर पनि कम्युनिस्ट सरकारले गति लिन नसकेको गौतमको आरोप छ । 

आफुलाई पार्टीको उच्च तहको पद नदिइएको, सरकारले शक्तिशाली प्राधिकरण गठन गरी त्यसको प्रमुख नबनाएको र प्रधानमन्त्रीका लागि पनि बाटो खुला नगरेका कारणले गौतम नेतृत्वसंग रुष्ट छन् ।

त्यसपछि गौतमले नेकपामा असन्तुष्ट नेताहरूलाई समेटेर नयाँ गुटको तयारी गरिरहेको उनी निकट स्रोतले बतायो । अभियान टाइम्सका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan