Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिटी एक्सप्रेस फाइनान्सको १३ वार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ कात्तिक । आज २९ गते सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३ वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा सम्पन्न भएको छ । सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आ.ब. ०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

सो अवसरमा उहाँले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिककुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई साबिक नाम परिबर्तन संँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामबाट आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरी दक्ष कर्मचारीहरुको साथमा केन्द्रिय कार्यालय, घण्टाघर काठमाण्डौ तथा शाखाकार्यालयहरु गाइघाट र विर्तामोडबाट वित्तीय कारोवार गर्दै आइरहेको व्यहोरा जानकारी गराउनु भयो ।

संस्थालाई मुनाफा आर्जनको अवस्थामा पु¥याउन बर्तमान संचालक समिति कटिबद्ध रहेको  जानकारी गराउँदै सबै पक्षबाट सद्भाव र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले संस्थालाई सवल बनाउनका लागि अन्य वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने, कर्मचारी व्यवस्थापनलाई मजबुद बनाई अब्वल संस्थाको रुपमा अगाडि बढाउने उद्घोष पनि गर्नु भयो ।

संस्थाका कार्यकारी प्रमुख भिष्म राज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्ता पुँजीको दायरालाई फराकिलो बनाउँदै आवश्यक शाखा संजाल तथा व्यवसायलाई विस्तार गर्नेे बताउनु भयो । साथै संस्थाले निकट भविष्यका एटिएम तथा इन्टरनेट बैंकिङको सुविधा थप गर्न व्यवस्था मिलाउने पनि बताउनु भयो ।

उक्त साधारण सभाबाट संस्थाले चुँक्ता पँुजी रु. ८० करोड प¥ुयाउने तथा उपयुक्त रणनितिक साझेदार भित्र्याउने लगायतका विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

संस्थामा विभिन्न ९ किसिमका बचत खाताको साथै मुद्दती खाताहरुमा उच्चतम व्याज दिइने व्यवस्था रहेको छ भने संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ ।

संस्थाले कर्जा तर्फ व्यवसायीक कर्जा, कृषिकर्जा, घर जग्गाकर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसीदधितो कर्जा, ओभरड्राफ्ट सुविधालगायतका बिभिन्न कर्जा सुविधा प्रदान गर्दै आएको छ ।

संस्थाले ईसिसिको सदस्य भई सो मार्फत सबै बैंक तथावित्तिय संस्थाको चेक क्लियरिङ्ग हुने व्यवस्था गरेको छ । त्यस्तै संस्थाले रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan