Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्टार एसियन मिटलाई ५० हजार जरिवाना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan

काठमाडौँ, २९ कात्तिक (रासस) : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य अनुज्ञापत्र नलिई कारोबार गरेको भन्दै शोभाभगवतीस्थित स्टार एसियन मिट प्रोडक्ट प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।

विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो मिट प्रोडक्टले प्यान÷भ्याटमा दर्ना नगरेको र मूल्यसूची नराखेको पाइएको थियो । उक्त मिट प्रोडक्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (ग) अनुसार तत्कालै रु ५० हजार जरिवाना गरी कारोबार रोक्का गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan