Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार खशोग्जीको हत्या 'एजेन्टको निर्देशनमा'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार | बीबीसी
newsabhiyan
newsabhiyan

साउदी अरेबियाको सरकारी अभियोजनकर्ताले पत्रकार जमाल खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराजले नभई एकजना वरिष्ठ गुप्तचर अधिकारीले दिएको ठहर गरेका छन्।

एकजना प्रवक्ताका अनुसार ति गुप्तचर अधिकारीले ति पत्रकारलाई साउदी अरेबिया फर्कन मनाउने टोलीको नेतृत्व गरेका थिए।

पत्रकार जमाल खशोग्जीलाई गत अक्टोबर दुई तारिखमा इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा जोरजबर्जस्तीको घटनापछि प्राणघातक सूई दिइएको पनि बताइएको छ।

ति साउदी सरकारी अभियोजनकर्ताले उक्त हत्याको घटनाका सम्बन्धमा ११ जना विरुद्ध अभियोग लगाइएको बताएका छन् भने ति मध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको छ।

उक्त घटनामा संलग्न भएको आशंकामा अन्य १० जना विरुद्ध छानविन जारी रहेको छ।

विहीबार साउदी राजधानी रियाधमा आयोजित एक पत्रकार सम्मलेनमा सहायक सरकारी अभियोजनकर्ता शलान बिन राजी शलानले भने खशोग्जीको मृत्यु भएपछि वाणिज्यदूतावासभित्रै उनको शवलाई टुक्रा पारिएको थियो।

त्यसपछि शवका टुक्रालाई दूतावासबाहिर अर्का एजेन्टलाई हस्तान्तरण गरिएको पनि उनले बताए। ति पत्रकारको शवको अवशेष फेला पार्ने प्रयास जारी रहेको छ।

सरकारी अभियोजनकर्ता शलानले उक्त हत्याको अभियोगमा मुद्दा चलाइएकाहरूको नाम भने सार्वजनिक गरेनन्।

तर उनले उक्त हत्याको आदेश ति पत्रकार खशोग्जीलाई साउदी अरेबिया फर्कन मनाउने जिम्मा लिएको वार्ताटोलीका प्रमुखले दिएका बताएका छन्।

देशको गुप्तचर निकायका उपप्रमुख जेनरल अहमद अल-असिरीले खशोग्जीलाई स्वदेश फर्काउन उक्त टोलीलाई इस्तानबुल पठाएका बताइएको छ।

साउदी युवराज मोहम्मद बिन सलमानको सम्बन्ध उक्त हत्याको घटनासँग नरहेको पनि ति अभियोजनकर्ताले बताएका छन्।

असामान्य

आलोचकहरू भन्छन् युवराज मोहम्मदलाई यस्तो विषयमा जानकारी नहुनु अति नै असामान्य कुरा हो।

उक्त हत्याका सिलसिलामा पक्राउ गरिएका २१ जना मानिसहरू मध्येका धेरैलाई विगतमा उनको सुरक्षा समूहको सदस्यका रुपमा देखिएको थियो।

यो घटनाका सम्बन्धमा जेनरल असिरि र अन्य एकजना वरिष्ठ सल्लाहकार साउद अल-कतानीलाई तिनको पदबाट बर्खास्त गरिएको थियो।

यस्तो जानकारीको जवाफमा टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले भनेका छन् यो मामिलामा साउदी वक्तव्य अपर्याप्त छ। ति पत्रकारको हत्या पूर्वनियोजित रुपमा नै भएको थियो भन्नेमा उनले जोड दिएका छन्।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan