Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानका प्रधानमन्त्री मलेसिया जाने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan

इस्लामाबाद, २९ कात्तिक (रासस÷सिन्ह्वा) ः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्नुहुने भएको छ ।

उहाँ यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लाग्नु भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्नुहुने मन्त्रालयद्वारा विहिबार जारी वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री भएपछिको उहाँको यो पहिलो मलेसिया भ्रमण हो । भ्रमणका क्रममा उहाँले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

“प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उहाँहरूले छलफल गर्नुहुनेछ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan