Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनलाइन र कम्पनीका वित्तीय सूचकले लगानीकर्तालाई आकर्षित गरेन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,३० कार्तिक । 
 
अनलाइन कारोबार प्रणालीमा गएपछि हरेक दिनजस्तो समस्यासँग जुध्दै गएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्तिक महिनाको अन्तिम कारोबार दिन बिहीबार २ दशमलव ५६ अंकले घटेर १ हजार २ सय ५ दशमलव शँन्य २ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

बिहीबार नेप्सेमा कुल १५८ वटा कम्पनीको ८ लाख २७ हजार ८ सय ५६ कित्ता शेयर किनबेच हुँदा २३ करोड ९८ लाख ६८ हजार १ सय ४२ रुपियाँको कारोबार भएको छ । अघिल्ला दिनको तुलनामा नेप्सेमा केही सुधार देखिएको भए पनि लगानीकर्ता अझै ढुक्क हुन सकेका छन् ।

बैंक तथा वित्तलगायतका कम्पनीहरूले चालँ आर्थिक वर्षको पहिलो
तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्नुका साथै लाभांश घोषणा गर्ने क्रम जारी रहे पनि लगानीकर्ताले स्वीकार गर्न सकेका छैनन् ।

अधिकांश कम्पनीको वित्तीय विवरण गत वर्षको भन्दा उल्लेख सुधार देखिए पनि पुँजी बजारका लगानीकर्तालाई त्यसले आकर्षित गर्न सकेको छैन ।

बैंक तथा वित्तीय संस्गाहरुले बोनस शेयरभन्दा नगद लाभांशतर्फ जोड दिएका कारण लगानीकर्ता उत्साहित हुन नसकेको सरोकारवाला बताउँछन् । नेपाल समाचार पत्रबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan