Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार | (रासस/एएफपी)
newsabhiyan

वासिङ्टन, ३० कात्तिक । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।

विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृति बारे स्पष्ट हुन सकेको छैन ।

अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो, विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधीवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताउनुभयो । उहाँले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गर्नुभएको छ ।

मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताउनुभएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan