Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषिमन्त्रीद्वारा दुई मुख्य योजनामा सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार |
newsabhiyan

जितपुर, ३० कात्तिक (रासस) ः कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाल कपिलवस्तुमा योजना छनौट बैठकमा सहभागी हुनुभएको छ । क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको योजना छनौट बैठकमा समितिको संयोजकका रुपमा उहाँ सहभागी हुनुभएको हो ।

बैठकपछि उहाँले क्षेत्र नं १ को दिगो विकासमा टेवा पु¥याउने दुई मुख्य योजनासहित अन्य २० वटा योजना सर्वसहमतिका साथ छनौट गर्न सबैलाई आग्रह गर्नुभएको थियो । अनौपचारिक छलफलका साथ भएको बैठकमा दुई मुख्य योजनामा सहमति भएको छ । जसमा लक्ष्मणघाट अमौली, तीनघेरवा, बैदौली हुँदै झलनीपुल सडक कालोपत्र गर्ने र शुद्धोधन गाउँपालिकामा कन्या कलेज स्थापना गर्ने योजना छनौट भएका छन् । ती रु ५०÷५० लाखका ठूला योजना हुन् । अन्य २० योजना छनौट गर्नुपर्नेमा समितिका सदस्य रहेका अन्य सांसदहरुले २७ भन्दा वढी योजना पेश गरेपछि सहमति जुट्न सकेन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan