Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफगानिस्तानः कारबाहीमा २० लडाकू मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार |
newsabhiyan

जलालावाद, ३० कात्तिक (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् ।

नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट (आईएस)का कम्तीमा २० लडाकू मारिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
“राष्ट्रिय सुरक्षा टोलीले बिहीबार बेलुका सुरक्षा कारबाही चलाएको थियो, त्यही क्रममा कम्तीमा २० लडाकूहरु मारिएका हुन्,” विज्ञप्तिमा उल्लेख छ ।
सरकारी अधिकारीहरुले मारिएका मध्ये केही स्थानीय कमाण्डर समेत रहेका र उनीहरु आचिन जिल्लामा सक्रिय रहेको जनाएका छन् ।
लडाकूहरुले प्रयोग गर्ने सामग्री पनि सुरक्षाकर्मीले नष्ट गरिदिएको समाचारमा जनाइएको छ ।
सुरक्षाकर्मीले अन्य ठाउँहरुमा पनि सुरक्षा कारबाही अभियान संचालन गरिरहेको बताएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan