Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १ शनिबार | (रासस)
newsabhiyan
newsabhiyan

चितवन, १ मङ्सिर : छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ ।

कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उहाँको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताउनुभयो ।

सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन हुनुभएको थियो ।

भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर उत्तीर्ण गर्नुभएका सुदीपको आगामी मङ्सिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसासमेत लागी टिकटसमेत लिइसकेको भनिएको थियो ।

गत असोज ३ गते विदेश जाने भन्दै विवाहसमेत गर्नुभएको थियो । सुदीपका बुबा गङ्गा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan