Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २ आइतबार | Patrapatrika
newsabhiyan
newsabhiyan


मंसीर २, काठमाडौं ।  पूर्वीय दर्शनको विविधताका लागि बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन  शुरु भएको छ । प्राचीन सभ्यताको पुर्नउत्थान, खोज, अनुसन्धान र प्रर्वधन गर्ने उद्देश्यले लुम्बिनी बौद्ध विश्वविद्यालयले सम्मेलन आयोजना गरेको हो ।

२ दिने सम्मेलन पूर्वीय दर्शनलाई विज्ञानसम्मत अध्ययन अनुसन्धान कसरी गर्ने र व्यवहारिक बनाउने भन्नेमा केन्द्रित छ ।  एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषयक सम्मेलनमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ । सम्मेलनमा तीन देशका विज्ञहरुले २४ वटा कार्यपत्र प्रस्तुत गर्दैछन् । नेपालका ८, चीनका १३ र ३ भारतीय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

कार्यपत्रका विषय बौद्ध दर्शन, हिन्दू दर्शन, कन्फुयुसियजिम, ताओजिअम दर्शनका रहेका छन् । त्यसमा विज्ञान सम्वत अध्ययन र व्यवहारिक प्रयोगलाई जोड दिइने छ । सम्मेलनले आगामी दिनमा खोज र अनुसन्धानका लागि पनि कार्यदिशा तय गर्नेछ । लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलक आचार्यले पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाट नै गर्ने लक्ष्य सहित सम्मेलन आयोजना भएको बताउनुभयो । सम्मेलनमा चीनको बेइजिङ नर्मल विश्वविद्यालयले सहकार्य गरेको छ ।

त्यसका प्रोफेसर लिउ स्याओ थिङ्गले पूर्वीय दर्शनलाई बहुआयामिक रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  समाचार कान्तिपुरमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan