Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बजेट खर्च नै नगरी ४४ अर्ब थप बजेट माग, भौतिक मन्त्रालयले बहुवर्षीय ठेक्का रोकेकामा आपत्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ मंसिर । विभिन्न मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजित बजेटको ठेक्का नै नलगाई बजेटभन्दा बाहिरबाट ४४ अर्ब रुपैयाँभन्दा बढी थप बजेट माग गर्दै अर्थ मन्त्रालयमा पत्राचार गरेका छन् ।

चालू आर्थिक वर्षमा देश वित्तीय संघीयतामा गएर काम गर्न अन्योल सिर्जना भएको बहानाबाजी गरी मन्त्रालयहरुले ठेक्कापट्टासम्बन्धी काम नै नगरी/नगराई नयाँ–नयाँ शीर्षकमा बजेट माग गरेका छन् । यसले चालू आर्थिक वर्षमा बजेट दुरुपयोग अझै बढ्ने स्पष्ट संकेत गरेको छ ।

अर्थ मन्त्रालयले संघीय संसद्को अर्थ समितिमा पठाएको विवरणअनुसार विनियोजित बजेटबाट काम नै नगरी विभिन्न मन्त्रालयहरुले थप बजेट माग गरेका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चालू आवको पुँजीगततर्फको बजेटको काम नै नथाली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चार अर्ब ४८ करोड रुपैयाँ माग गर्दै अर्थमा पत्राचार गरेको छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

बजेट खर्च नै नगरी ४४ अर्ब थप बजेट माग, भौतिक मन्त्रालयले बहुवर्षीय ठेक्का रोकेकामा आपत्ति

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan