Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३ मङ्सिर । चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ ।

चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ ।

गत वर्षको सोही अवधिमा बैंकले रु ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महीनामा रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी रु नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर रु १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै बैंकको पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार ब्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ । यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत छ । यस्तै प्रतिशेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार रुपैयाँले बढेर १२ रुपैयाँ ४४ पैसा पुगेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan