Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फुटबल एकेडेमीका लागि जग्गा नापजाँच

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan

– कृष्ण दवाडी

कास्की, ३ मङ्सिर (रासस) ः माछापुच्छ«े गाउँपालिका–६ भेँडाबारीमा प्रादेशिक फुटबल एकेडेमीका लागि आवश्यक जमीनको नापजाँच गरिएको छ ।

भेँडाबारीको पाँच सय रोपनी जमीनमा फुटबल एकेडेमीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक टोलीले जमीन नापजाँच गरेको हो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्राविधिक टोलीले १२ दिन लगाएर जग्गा नापजाँच गर्दा उपयुक्त देखिएको र फुटबल एकेडेमी सोही ठाउँमा बन्ने सम्भावना बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रस्तावित जमीनको नापजाँच सम्पन्न गरेका छौँ, इञ्जिनियरको टोलीले गरेको नापजाँचको रिपोर्ट केन्द्रलाई बुझाउँदैछौँ, अहिलेसम्म अन्यत्रभन्दा एकेडेमीका लागि सबै हिसाबले भँेडबारी नै उपयुक्त छ ।”

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले रु १० करोड लागतमा सो एकेडेमी निर्माण गर्न लागेको हो । फुटबल एकेडेमीमा १४, १६ र १८ वर्ष गरी तीन उमेर समूहका ९० जना किशोरलाई आवासीय प्रशिक्षण दिइनेछ । उनीहरुका लागि आवश्यक आवास भवन, कार्यालय भवन, अभ्यास मैदान तथा चेञ्जिङ रुमलगायत पूर्वाधार निर्माण गर्ने योजना एन्फाको छ ।

तल्लोतहबाट नै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले देशका सात वटै प्रदेशमा एकेडेमी निर्माण गरेर दक्ष खेलाडी उत्पादन गर्ने योजना अघि सारेको बताइएको छ । एकेडेमीको निर्माणका लागि यसअघि भेँडाबारीसँगै पोखरा महानगरपालिका–१५ मा पनि जग्गा हेर्ने काम भएकामा सो स्थान मात्र उपयुक्त देखिएको एन्फाले जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले असोज पहिलो हप्ता प्रस्तावित ठाउँको जमीन निरीक्षण गर्नुभएको थियो । मन्त्रीसहितको उक्त टोलीले जमीन निरीक्षण गरेपछि उपयुक्त भन्दै एकेडेमी निर्माणका लागि प्रक्रिया अघि बढाउन गाउँपालिकालाई आग्रह गरेको थियो ।

सोही अनुसार गाउँपालिकाले एन्फालाई जमीन नापजाँचका लागि प्राविधिक टोली पठाएको गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । पाँच सय रोपनी जग्गामध्ये छ रोपनीबाहेक अरू सबै सरकारी जमीन हो । व्यक्तिगत जमीन पनि स्थानीयवासीले एकेडेमीका लागि दिन तयार रहेका उहाँले बताउनुभयो ।

एकेडेमीका लागि प्रस्तावित जमीनसम्म सडक पूर्वाधार, शिक्षालय तथा स्वास्थ्य चौकीसम्मको व्यवस्था छ । उक्त ठाउँबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमशृङ्खलासमेत स्पष्ट रुपमा देख्न सकिन्छ । प्रमुख गुरुङले एकेडेमी निर्माणबाट व्यावसायिक खेलाडी उत्पादन हुने र समग्र देशको खेलक्षेत्रको विकासमा मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्वाधारहरु बजार केन्द्रित भएको अवस्थामा माछापुच्छ«ेमा एकेडेमी बन्दा गाउँका जनतालाई पनि अब विकास गाउँमा आउँदैछ भन्ने सन्देश जानेछ ।” पोखरा–बाग्लुङ राजमार्गको पोखरामहानगरपालिका–२५ मिलनचोकबाट सात किमीको दूरीमा रहेको भेँडाबारीमा यातायात सुविधासँगै पूर्वाधार निर्माण गर्नसमेत सहज हुने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताउनुभयो ।
––– 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan