Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कात्तिक र मंसिरमा नेपालमा कन्डमको खपत बढी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan
newsabhiyan


 नेपालमा प्रत्येक वर्ष ५ करोड थान कन्डम खपत हुने गरेको छ । त्यो नेपालको आवश्यकताको ५० प्रतिशत मात्र भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा हरेक वर्ष सरकारले २ करोड ५० लाख कन्डम नि:शुल्क वितरण गर्छ भने निजी क्षेत्रले पनि सोही अनुपातमा बिक्री गर्ने बताइन्छ ।

 नेपाल सरकारको एक अध्ययनअनुसार कात्तिक र मंसिर महिनामा नेपालमा कन्डमको खपत बढी हुने गरेको छ । अन्य महिनामा सरदर २५ लाख कन्डम खपत हुन्छ भने ती दुई महिनामा झन्डै ३२ लाख कन्डम खपत हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । ती दुई महिना रोजगारीका लागि स्वदेशभित्रै अन्य सहरमा वा विदेश गएकाहरू घर फर्कने हुँदा कन्डमको माग बढ्ने
गरेको जानकारहरू बताउँछन् ।

 नेपालमा ४० प्रतिशत युवा विवाह अघि नै यौनसम्पर्कमा संलग्न हुन्छन् । तीमध्ये ४० प्रतिशतले मात्र कन्डम प्रयोग गर्ने नेपाल परिवार नियोजन संघको एक अध्ययनले देखाएको छ ।

 नेपालमा नि:शुल्कदेखि ८ सय रुपैयाँसम्मका कन्डम पाइन्छन् । सिलिकनले बनेका अन्तर्राष्ट्रिय ब्रान्डका ८ सय रुपैयाँसम्मका कन्डम नेपाली बजारमा उपलब्ध छन् ।

विश्वका १० उत्कृष्ट
प्रत्येक वर्ष विश्वमा चलेका कन्डमसम्बन्धी जानकारी दिने दिज नाइन डटकमले २०१७ का लागि गरेको रिभ्युमा परेका उत्कृष्ट १० कन्डम :
 ट्रोजन अल्ट्रा रिविड म्यालु प्याक कन्डम
 ट्रोजन सेन्सेटिभ जिरीसी लुब्रिकेटेड कन्डम

 लाइफस्टाइल्स स्केनी ओर्जिनल कन्डम
 ओकामोटो क्राउन कन्डम
 ट्रोजन न्यू मिक्स प्रिमियम लुब्रिकेटेड कन्डम

 ट्रोजन मेग्नयिमथिन कन्डम
 स्किनी सेलेक्सन कन्डम
 ड्युरेक्स एक्ट्रा सेन्सेटिभ कन्डम

 लिलो हेक्स रि इन्जिनियरिङ लक्जरी कन्डम
 ट्रोजन मेग्नियम लुब्रिकेटेड कन्डम / साप्ताहिकबाट । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan