Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसकारण तात्दै छ समुद्र ,संकटमा ह्वेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार |
newsabhiyan
newsabhiyan

एजेन्सी ।

विश्व तापमान बढ्दै गएको भनी चर्चा भइरहेका बेला समुद्रमा तातोपना आश्चर्यजनक रूपमा बढ्दै गएको छ । यसले समद्रमा रहेका सबै जलचरलाई संकटमा पारेको छ ।

मानिसका आँखाले देख्नेमध्येका सबैभन्दा ठूलो समुद्री प्राणी ह्वेल अहिले संकटमा बाँचिरहेको छ । विभिन्न थरीका ह्वेलमध्ये आफ्नै परिवार वा सजातीय सदस्यहरू पनि हजारौं माइल टाढासम्म विचरण गर्ने गर्दछन् । उत्तर तथा दक्षिणी ध्रुवीय क्षेत्रहरूको हिउँ जमेको पानीभित्र रहने विभिन्न प्रजातिका ह्वेलमध्ये ब्लु ह्वेल सबैभन्दा ठूलो मानिन्छ । यो पनि हरेक महिना मरेको भेटिने गरेको छ । जल संसारमा उत्पन्न भएकोे यो समस्याले सिंगो पृथ्वीको आयु र मानव जतिको अस्तित्वका दिनको गणना हुन थालेको बताइएको छ ।

वायुमण्डलमा रहेको ओजोन तह नष्ट हुँदै जाँदा विश्व तापमानको कारणले समुद्रको पिँध पनि निरन्तर तातिरहेको छ । बारम्बारका ठूलाठूला ज्वालमुखी र भूकम्पका कारण पनि समुद्रको पानी तात्ने प्रक्रियालाई तीव्रता दिइरहेको छ । हावाहुरी र सुनामीले पनि निरन्तर पृथ्वी तात्ने प्रक्रियालाई सघाइरहेको बताइएको छ ।

समुद्रमा मानव निर्मित पानी जहाजहरू पनि समुद्रको पानी तात्ने प्रक्रियालाई साथ दिइरहेको छ । सैन्य अभ्यासहरू, क्षेप्यास्त्र प्रहार तथा अणु परमाणु परीक्षण तथा समुद्रका महत्वपूर्ण भागहरूमा माछा मार्नेलगायतका मानव क्रियाकलापहरूले पनि समुद्रको पानी तताइरहेका छन् ।
समुद्रमा रहेका अनगिन्ती प्रजातिमध्ये कतिपय त प्रत्येक सेकेन्डमा लोप हुँदै गएको ठानिएको छ । यसका लागि प्राणी शास्त्रीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan