Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक डेटले फेर्यो काचुली

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार |
newsabhiyan
newsabhiyan

एजेन्सी ,लन्डन ।  राधा ब्यास र ली थोम्प्सन पहिलो डेट गर्नुअघि उनीहरूले एक दिनमा ७० करोडको कम्पनीको मालिक बनौंला भनेर सोचेका थिएनन् । सन् २०१२ मा जब राधाको  भेट लीसँग भयो, तब राधा ३२ वर्षकी थिइन् ।

लिगको उमेर ३१ वर्षको थियो । पत्यक्ष भेट्नुअघि यी दुईबीच इन्टरनेटमार्फत बोलचाल भएको थियो । राधा र लीको पहिलो भेट एक डिनर डेटमा भएको थियो । जहाँ उनीहरूले दुवै जना घुम्न मन पराउने कुरा पत्ता लगाए ।

त्यसपछि भेटघाट भइरहन थाल्यो । एक दिन लन्डनको एक बारमा लीसँग कुरा गर्दै राधाले भनिन्, ‘किन कुनै पनि कम्पनी हाम्रो उमेरअनुसारको ट्राभल प्याकेज बनाउँदैनन् रु’ उनको तर्क के थियो भने बजारमा १८ देखि ३० वर्षका उमेर समूहका लागि फरकफरक स्किम छ, त्यो उमेरका एकल युवालाई अपरिचित मानिसँग घुम्ने मौका दिइन्छ । त्यति मात्र होइन वृद्ध मानिसका लागि पनि यस्ता स्किम छन् तर उनको उमेर समूहका लागि यस्तो कुनै स्किम छैन ।

उनीहरूले यस विषयमा धेरै समय कुरा गरे । राधा भन्छिन्, ‘बिजनेस आइडियाको विषयमा गफ गर्दा समय गएको पत्तै भएन, हामी उत्साहित भएर केही साता यही विषयमा कुरा ग¥यौं तर केही साताभित्रै एक प्रेमीप्रेमिका भन्दा माथि उठेर एक बिजनेस पार्टनर बन्यौं ।’
अहिले राधा र लीको विवाह भइसकेको छ । उनीहरूको फ्ल्यास प्याक नामक एक कम्पनी छ । जसले ३० देखि ४० वर्ष उमेर समूहका मािनसका लागि भियतनाम, कम्बोडिया, श्रीलंका र जार्डेनजस्ता देशको यात्रा गराउँछ ।

यस कम्पनीले अहिलेसम्म १० हजार मानिसलाई ट्रिप सेवा प्रदान गरिसकेको छ । २०१२ मा राधा ३२ वर्षकी थिइन् । उनी कतै घुम्न जान चाहन्थिन तर आफ्नो उमेरका धेरै साथीको विवाह भइसकेको थियो । उनीहरूसँग घुम्ने समय हुँदैनथ्यो । यस्तोमा उनले एक्लै एक गु्रप ट्रिपमा कम्बोडिया जाने निर्णय गरिन् । सो ग्रुपमा युवाको संख्या धेरै थियो ।
आफ्नो अनुभव सुनाउँदै राधा भन्छिन्, ‘त्यो ट्रिपमा मसँग जाने सबै राम्रा थिए तर सबै साना थिए, जसका आधार हाम्रो सोचमा अन्तर थियो ।’ जब लीसँग बिजनेस गर्ने भइन्, तब उनीहरूले रिसर्च सुरु गरे । त्यतिबेला राधा एक कम्पनीमा काम गर्थिन् । ली फोटो जर्नलिस्टका रूपमा काम गर्थे । तर, एक दिन उनीहरूले कम्पनी सुरु गरे ।

उनीहरूले सन् २०१४ मा जब वेबसाइट लन्च गरे, तब सिएरा लियोनको ट्रिप पाए । काम सुरु गरेको पहिलो ६ महिना निकै मेहनत गरे । सन् २०१४ मा ब्राजिलमा विश्वकप हुँदै थियो । यस्तैमा लीमा मार्केटिङको नयाँ आइडिया आयो । उनले रियोको जिसस क्राइस्टको दी रिडिमर मूर्तिमा चढेर मजदुरले तस्बिर खिचेको देखेका थिए । उनले पनि त्यहीमाथि चढेर तस्बिर लिने विचार गरे ।
ब्राजिलको टुरिस्ट बोर्डले ७३८ मिटरको उचाइमा रहेको सो मूर्तिमा चढेर तस्बिर लिन अनुमति दियो ।

उनले सोचेजस्तै भयो । सोसल मिडियामा त्यो फोटो भाइरल भयो । न्युज आउलेट्सले उनको अन्तर्वार्ता लियो, जसले उनको वेबसाइट चर्चित भयो ।
त्यतिबेला उनीहरूको कम्पनीको टर्नओभर लगभग ४० करोड डलरबराबरको थियो । कम्पनीको मूल्य १ अर्बभन्दा बढी थियो । अहिले यस कम्पनीमा अरूले पनि लगानी गरेका छन् । तर, ठूलो हिस्सा राधा र लीको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan