Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेताहरुबीच एकमत हुनुपर्ने हो, तर फरक मत आउँदैछ : घिमिरे

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ,  ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरराज घिमिरले आज बस्ने केन्द्रिय समिति बैठकमा सहमति जुटाउनुको विकल्प नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै घिमिरले महासमिति बैठकमा लैजाने प्रस्तावलाई केन्द्रिय समितिले परिपक्व बनाउनुपर्ने भएकाले नेताहरुबीच एकमत हुनै पर्ने बताए ।

आफूहरुले पार्टीलाई एकढिक्का बनाउन लागि पहल गरिरहेको जिकिर गर्दै उनले अहिले पार्टीभित्रको अन्तरद्धन्द्ध बढाउने समय नभएको बताए ।

पार्टीलाई एकढिक्का बनाउने दायित्व सभापति शेरबहादुर देउवाको भएको भन्दै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य पदाधिकारीले पनि सहजिकरण गर्नुपर्नेमा जोड दिए ।

तर नेताहरुबीच एकमत हुने सम्भावना न्यून देखिएको घिमिरेले बताए । मैले सुनेअनुसार फरक मत आउँदैछ । “पदाधिकारी थप्ने कि नथप्ने ? केन्द्रिय समितिका पदाधिकारी निर्वाचित गर्ने वा मनोनित गर्ने भन्ने जस्ता विषयमा फरक मत आउँदैछ भन्ने सुनेका छौँ ।” उनले भने ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan