Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नीति सङ्ग्रह’ बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ९ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, ९ मङ्सिर । विद्वान् आचार्य तुल्सीराम पोखरेलको ‘नीति सङ्ग्रह’ बजारमा आएको छ । नेपाली भाषामा लेखिएको विभिन्न १० खण्डमा विभाजित उक्त नीति सङ्ग्रहमा हिन्दू धर्मका धार्मिक, सामाजिक, मानवीय मूल्य मान्यताका श्लोकहरु रहेको छ ।

सो पुस्तकको प्रकाशनबाट समाजमा रहेका विकृति तथा विसङ्गतिको न्यूनीकरण गर्दै मानिसलाई नैतिकवान बनाउन उत्प्रेरणा मिल्ने आचार्य पोखरेलले राससलाई बताउनुभयो । मानिसले ज्ञान र अज्ञान छुट्याउनु नसक्नु नै नेपाली समाजको ठूलो समस्या रहेको धारणा आचार्य पोखरेलको थियो । यो उहाँको दशौँ नीति सङ्ग्रह हो ।

काठमाडौँको सामाखुशी साहित्य समाजले शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा तुल्सी भट्टराईले उक्त पुस्तकको विमोचन गर्नुभयो । त्यस अवसरमा उहाँले श्रीमद्भागवतका ज्ञाता आचार्य पोखरेलको पुस्तक प्रकाशनबाट नेपाली समाजलाई सुमार्गमा लैजान सहयोग मिल्ने धारणा व्यक्त गर्नुभयो ।

सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बाबुराम भण्डारी, श्रीहरि फुँयाल, बमबहादुर थापालगायतका बक्ताले हिन्दू धर्मको विविध पक्षमा प्रकाश पार्नु भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan