Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तामाङ कोअपरेशन सोसाइटीको अध्यक्षमा प्रेम लामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ९ आइतबार |
newsabhiyan
newsabhiyan

क्यालिफोर्निया, ९ मंसिर । तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको चौथो महाधिवेशन नयाँ कार्यसमिति गठन गर्दै  सम्पन्न भएको छ । २४ नोभेम्बरमा क्यालिफोर्नियामा आयोजित महाधिबेशनको प्रमूख अतिथि शेर लामा हुनु हुन्थ्यो ।

महाधिबेशनबाट चयन भएका अध्यक्षमा प्रेम लामा, उपाध्यक्षमा रेणु योन्जन र  बुद्धिमान तामाङ, महासचिवमा सुरज पाख्रिन, सचिवमा ज्ञानबहादुर लामा हुनुहुन्छ ।

त्सयैगरी कोषाध्यक्षमा प्रतिमा लामा र सदस्यमा विजय लामा, सुकदेव तामाङ, रमा योन्जन, अमृत घिसिङ र पदम तामाङ सर्बसम्मतीबाट चयन भएको सोसाइटीले जनाएको छ ।

२००९ मा स्थापना गरिएको यो संस्था बिशुद्ध सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको छ । महाधिबेशनको उद्घाटन सत्रमा विद्यासागर योन्जन, दिकी लामा र रत्तु लामाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan