Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कविता प्रतियोगितामा पौडेल प्रथम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ९ आइतबार |
newsabhiyan

काठमाडौँ, ९ मङ्सिर (रासस) ः राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम हुनु भएको छ ।

‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको सो प्रतियोगितामा पौडेलले ‘कुष्ठरोगी विचार’ शीर्षकको कविता लेख्नु भएको थियो । कवि पौडेलले रु २० हजार पुरस्कार प्राप्त गर्नुभयो । ‘आत्मालाप’ कविता लेख्नुभएका लमजुङका प्रज्ज्वल अधिकारी दोस्रो हुनुभयो । उहाँले रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा तेस्रो भएका झापाका नीरज दाहालले ‘घरभित्र’ तथा उदयपुरका हिमालय पौडेलले ‘कुष्ठरोगविरुद्ध हामी’ कविताका लागि जनही रु १० हजार पुरस्कार पाउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रवचन कक्षमा आयोजित उक्त कार्यक्रममा २० कविबीच सो प्रतियोगिता गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले कविका उद्गारबाट सरकारको यथेष्ट ध्यानाकर्षण भएको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan