Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कवितामा कविको सम्बन्ध र वेदना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १० सोमबार | नारायण ढुङ्गाना (रासस)
newsabhiyan

काठमाडौँ, १० मङसिर ।

मेरो जन्मलाई बहिस्कार गर्ने
पृथ्वीको प्रत्येक प्राणीलाई भन्न चाहन्छु
तिमिले मेटाउनै नसक्ने सत्य हुन्
मेरो वक्षस्थलबाट बग्दै गएका यी दूधका धारा
संसार निर्माणका जग हुन्
म संसार चलाउने सृष्टि हुँ।।।

कवि विमला तुम्खेवाले ‘सच्याउन मेरो इतिहास’ शीर्षकमा नारीको बेदना कवितामा पोख्नुभयो । नेपाल र भारतका साहित्यकारको बीचमा वाचन गरिएको कवितामा नारी हुनुको अर्थ पाप हुनु वा असत्य हुनु हैन भन्ने तर्क कवितामार्फत गर्नुभयो ।

उहाँको कवितामा नारी भइसकेपछि गर्भको भ्रूणदेखि वृद्धासम्म खेप्नुपर्ने हिंसालाई कवितामा उन्दै तीखो व्यग्य प्रहार गरिरहँदा भावमा डुबेका नेपाल प्रज्ञा प्रतिष्ठानमा उपस्थित साहित्यिक दर्शक मन्त्रमुग्ध थिए । शनिबार राति भएको नेपाल–भारत साहित्य सन्ध्यामा भारतका ४० साहित्यकारसहित नेपाली कवि थिए । नेपाल र भारतका कविले पालैपालो कवितावाचन गरे । रात झमक्क पर्दै गर्दा दुई देशका साहित्यकारका शब्दका ज्योतिले काव्यिक माहोल प्रज्ज्वलित भइसकेको थियो ।

आफ्नो गृह क्षेत्र काश्मीरमा हुने बम बारुदबाट विक्षिप्त थिइन् कवि बिना बुद्धिकी । संयुक्त काव्य सन्ध्यामा उहाँले आफ्नो ठाउँका दुःख र कष्टलाई शब्दमा उतारेर हिन्दीमा कविता सुनाउनुभयो । नेपालमा आफ्नो वेदना पोख्न पाएकामा सौभाग्य सम्झदै उहाँले यस्तो परिवेशले काव्यिक सम्बन्ध बलियो हुने बताउनुभयो ।

‘काश्मीर आतङ्कवादको आगोमा जलिसकेको छ । जहाँ बम पड्केको छ । सबैकुरा रक्ताम्मे भएको छ । “किनकी म त्यहीँकी हुँ, मेरो दिलमा त्यहीँको पीडा कवितामा बोलिरहेको छ,” उहाँले कविता वाचन अघि भाव प्रष्ट्याउनुभयो ।

कल रात में आपने घर गई थि
घरको ढुंडति रही, पर कहिं नमिला
मेरा घर कहिं खोगया हे।।।ं
ढुंडते रही ओ गुडडे गुडिया
जिससे खेलकर बचपन विता
न गुड्डा मिला न गुडिया मिली
मिला तो उनकी टुटीफुटी लासे
कल रात में आपने घर गई थि।।।

सन्ध्यामा सहभागी साहित्यकारले विभिन्न भाषामा कविता भने । नेपाली कविले हिन्दीमा समेत कविता वाचन गरेर एक अर्कामा साहित्यक र सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको चरितार्थ गर्दै थिए । भारतीय कविले बङ्गाली, आसामी, हिन्दी सन्थाली, मलायालम भाषामा कविता प्रस्तुत गरे । भाषा नबुझे पनि नेपाली कवितामा भारतीय कवि लयमा झुमे भने भारतीय कवितामा नेपाली कवि पनि । कतिपय कविले दुई देशको सम्बन्धलाई कवितामार्फत नै प्रस्तुत गरे ।

भारतीय कवि किरण कुमारीले नेपाल र भारतको सम्बन्धको बारेमा आफ्नै लोकलयमा एउटा टुक्रा पस्किएर सन्थाली कविता प्रस्तुत गर्नुभयो ।

नेपाली कवि मोमिलाले २३ वर्ष अघि आफूलाई छेक्ने दुई वटा सत्य जीवन र मृत्यु, त्यहीमध्ये बाटो छेक्ने जीवनलाई अङ्गालेर भङ्गालो छुटेको बेला लेखेको कविता ‘प्रेम, पीडा प्यास र पानी’ शीर्षकको कविता वाचन गर्नुभयो यसरी ।।

पानी पानी भयो जिन्दगी छताछुलल पोखियो
कतै प्यास बुझियो, कतै लास बहियो
यहाँ गङ्गा बहनु थियोसँगै टुकुचा बहियो
फेरि बादल उड्नु थियो
चुपचाप चुपचाप वर्षीयो
पानीपानी भयो जीन्दगी ।।।।

भारतीय कवि नेपाली कविहरुको न्यानो सत्कारले खुशी देखिन्थ्ये । उनीहरुमा दुई देशको सम्बन्धको भाव देखिन्थ्यो । ‘मे प्रेमका मर्म जान्ता हें’ शीर्षकमा भारत केरलाका डा अच्युतानन्दले आफ्नो भाव कवितामा राख्नुभयो ।

प्रेमी हुँ मे प्रेम करता हुँ
क्यूँकी मे प्रेमका मर्म जानता हुँ
सौदेबाजी से नही
प्यार से जन्म लेता हें प्रेम।।।

नेपाली कवि किशोर पहाडीले ‘श्रीमतीको अस्वस्थतामा’ शीर्षकको कवितालाई नेपाली र हिन्दी दुबै भाषामा कविता प्रस्तुत गर्नुभयो ।

बट्टामा चियापत्ती झिकेर
हालेछु तरकारीमा
मसला पो भनि ठानेछु,
समात्दा समात्दै चिप्लेर कचौरा टङ्रङ्ग खसेछ
भूइँमा पोखियो चारैतिर छररर ।।।

रश्मि शर्माले हिन्दीमा अनुवाद गरेको उक्त कवितालाई उहाँले हिन्दीमा समेत वाचन गर्नुभयो । शिर्षक थियो ‘श्रीमती जी की अस्वस्थता में’ ।
डिब्बे मे राखी चाय की पत्ती निकाल्कर
डाली थि सब्जीमे मसला समझकर
पकडते पकडते फिसलकर कटौरी
छन्न से गिरी जमिन पर विखरा चारो ओर।।।

साहित्य सन्ध्यामा नेपाल र भारतका कवि वसन्त चौधरी, किरण कुमारी, विधान आचार्य, परबेज हुसेन, बन्दना श्रीवास्तव, आसामी कवि रञ्जीत, मितानी भट्टाचार्य, स्वेता दिप्ती, सन्ध्या पहाडी, पूर्णा देवी, डा उषा उपाध्याय लगायतले पालैपालो कविता प्रस्तुत गरेका थिए । नेपालका १० र भारतको १० कविले कविता वाचन गरे । भारतका कवि एक साहित्यक यात्राका क्रममा नेपाल आएका थिए ।

सोही क्रममा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालमा निस्कने हिन्दी साहित्यिक पत्रिका हिमालीले दुई देशका साहित्यकारको जमघट गराएको हो । प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक अर्कामा सम्बन्ध प्रकाढ बनाउने प्रज्ञिक भेला महत्वपूर्ण हुने भन्दै उहाँले नेपाल भारतको राजनीतिक र आर्थिक मात्रै नभई सांस्कृतिक सम्बन्ध पनि बहुआयामिक रहेको बताउनुभयो ।

भारतीय साहित्यकारका टोली प्रमुख रामचन्द्र रायले दुई देश हरेक कुराबाट एक आपसमा सम्बन्ध रहेको कुरा साहित्य सन्ध्याले थप सिद्ध गरेको बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan