Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाका तर्फबाट धारणा व्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १० सोमबार |
newsabhiyan

काठमाडौँ, १० मङ्सिर (रासस) ः ग्रिसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औँ बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो धारणा राख्नुभएको छ ।

कम्युनिस्ट पार्टी अफ ग्रिसले आयोजना गरेको बैठकमा धारणा राख्दै रिजालले नेपालका दुई ठूला कम्युनिस्ट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि नेकपा विश्वकै बलिया कम्युनिस्ट पार्टीहरुमध्येको एक बनेको बताउनुभयो । उहाँले एमालेले अवलम्बन गर्दै आएको जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको माओवाद तथा २१औँ शताब्दीको जनवादलाई थाती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको बैठकमा जानकारी गराउनुभयो ।

उहाँले आफूहरु पनि माक्र्सवाद र लेनिनवादको सिद्धान्तको प्रयोग, विकास र अनुभवबाट सिक्दै मुलुकमा समाजवाद ल्याउने प्रयासमा लागि रहेको बताउनुभयो । युद्धका नयाँ नयाँ आयामहरु देखा परिरहेका चर्चा गर्दै उहाँले हिजो जस्तो सिधै अर्काको मुलुकमाथि उपनिवेश कायम गर्ने अवस्था नभए पनि कमजोर, साना, गरीब र कम विकसित राष्ट्रमाथि आधिपत्य कायम गर्ने अभ्यास जारी रहेको उल्लेख गर्नुभयो ।
आणविक हतियारको होड, व्यापारका नाममा बजारमार्फत अर्थतन्त्रमाथि कब्जा र प्राकृतिक सम्पदाहरुको दोहन आज विश्वव्यापी समस्याका रुपमा हाम्रा अगाडि उभिएको उहाँले बताउनुभयो । यही मङ्सिर ६ गतेदेखि शुरु भएको बैठकमा ७३ देशका ९१ पार्टी प्रतिनिधिको सहभागिता रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan