Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महन्थ ठाकुरलाई संयोजकबाट हटाइएको होइन, आफैँ हट्नु भएको हो : नेता कर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ११ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, ११ मंसिर । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अध्यक्षमण्डलको संयोजकबाट महन्थ ठाकुरालाई हटाइएको भन्ने बुझाई गलत भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले विधान अनुसार संयोजक परिवर्तन गरिएको स्पष्ट पारेका छन् ।

ठाकुरकै सहमति र विधानअनुसार अध्यक्षमण्डलले राजेन्द्र महतोलाई संयोजक बनाउने निर्णय भएको कर्णले बताए ।

संयोजक परिवर्तनपछि पनि पार्टीभित्र विवाद नभएको उनको जिकिर छ । केही नेताहरु काठमाण्डौ बाहिर भएकाले बैठक बस्न नसकिएको विषयलाई विवादका कारण बैठक नबसेको भनेर चर्चा गरिएको उनको गुनासो छ ।

मधेशी जनताले एकतावद्ध भएर अधिकार प्राप्तिको लडाईमा होमिन म्याण्डेट दिएको उल्लेख गर्दै उनले पार्टी फुट्ने सम्भावना नरहेको स्पष्ट पारे ।

संयोजक परिवर्तन गरिएकोमा महन्थ ठाकुरको आपत्ति नरहेको पनि कर्णले बताए । कर्णले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अवस्था आएको कर्णले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan