Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कविता : पागल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १४ शुक्रबार |
newsabhiyan
newsabhiyan

 
- परशुराम ढकाल 

ऊ पागल
धेरै पहिलेदेखि
मैले थाहा पाउँदा
ऊ पागल थियो
अहिले पनि
ऊ सद्दे छैन 
ऊ बोल्छ, कोही सुन्दैन
ऊ हाँस्छ, कोही हेर्दैन 
ऊ को हो ?
कसैलाई मतलब छैन ।

ऊ पागल
फलाक्दो छ
मनका कुरा
ऊ कराउँदो छ
पीडाको कुरा
ऊ रुँदो छ
हृदय पखालेर
उसका प्रत्येक बोलीमा
वर्तमानको ऐना छ
उसका डाँकोमा
वर्तमानको आक्रोश छ
उसका आँसुमा
वेदनाको बाढी छ
उसका हाँसोमा
वर्तमानको बेथितिप्रति
व्यङ्ग्यवाण प्रष्टै छ
उसलाई ढाँट्नुछैन
छल्नुछैन
भाग्नुछैन
कमाउनुछैन
गुमाउनुछैन
त्यसैले ऊ सत्य बोल्छ
यहाँ सत्य बोल्न
बहुलाउनुपर्छ ।

 

कोही भन्थे –
ऊ धेरै पढेर बहुलायो
कोही भन्थे –
ऊ धेरै बुझेर बहुलायो
कोही भन्थे –
ऊ बहुलाउनकै निम्ति बहुलायो
कोही भन्थे–
ऊ खाना नपाएर बहुलायो
कोही भन्थे–
ऊ जागिर नपाएर बहुलायो
कोहीभन्थे–
ऊ न्याय नपाएर बहुलायो
वास्तवमा ऊ
मान्छे भएर बाँच्न बहुलायो ।

 

 

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan