Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेथीले स्वास्थ्यको साथै सुन्दरतामा निखार ,अरु के के ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १४ शुक्रबार |
newsabhiyan
newsabhiyan

जाडो मौसममा मेथीको उपभोग गर्नु निकै लाभदायक मानिन्छ । मेथीको अचार, पराठा, साग, मसाला यी सबै परिकार शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक मानिन्छ । यससँगै मेथीको अर्को एउटा फाइदा पनि रहेको छ जुनबाट तपाई अनविज्ञ रहनु भएको हुनसक्छ । मेथीले तपाईको छालाको सौन्दर्यतालाई निखार्न निकै ठूलो सहयोग पुर्‍याउँछ ।

– मेथीको पातमा सौन्दर्यवर्धक गुण रहेको हुन्छ जसले तपाईको छाला सम्बन्धि सम्पूर्ण विकारलाई हटाएर चमक ल्याउँछ ।

– मेथीको दानाले अनुहारमा आउने खील भएको डण्डीफोरलाई रोक्न मद्दत गर्छ । यसबाहेक यसले अनुहारमा रहेका डण्डीफोर वा आगोले पोलेको घाउको दागलाई पनि हटाउन मद्दत पुर्‍याउँछ ।

यसका लागि सबैभन्दा पहिले तपाईले मेथीको फेस प्याक तयार गर्नुपर्छ । मेथीको फेस प्याक बनाउनका लागि तपाई त्यसको दानाको पीठो बनाएर त्यसलाई महसँग मिसाएर राख्नुहोस् । राती दैनिक सुत्न अघि त्यसलाई आफ्नो डण्डीफोरमा लगाउनुहोस् र बिहान हल्का चिसो पानीले पखाल्नुहोस् । केही दिन यस्तो प्रक्रियालाई निरन्तरता दिएपछि तपाईको डण्डीफोर हराएर जान्छ ।

– मेथीको दानाले अनुहारको गम्भिर समस्या जस्तै चाउरी, कालो दाग, धर्का, संक्रमण आदिबाट छालाको रक्षा गर्छ । साथै यसले पुराना छालाका समस्याबाट पनि छुटकारा दिलाउँछ । यसले छालामा निखार र चमक पनि ल्याउने काम गर्छ ।

यसका लागि तपाईले मेथीको दाना, मेथी युक्त पानी, बेसन र दहीको प्रयोग गरेर फेसप्याक बनाउन सक्नुहुन्छ । एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan