Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रातो टिका लगाएका इसाई धर्मका प्रचारक ढकाललाई कारबाही होला ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । शान्तिको एजेण्डामा इसाई धर्मको प्रचार गर्ने उद्देश्यले युनिभर्सल पिस फेडरेशनको आयोजनामा एसिया प्यासिफिक समिट २०१८ होटल ह्यातमा कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रममा  विदेशी अतिथिहरूको उपस्थिती रहेको छ । 

यो सम्मेलन नेपालमा बढ्दै गएको हिन्दू धर्मलाई लक्षित गरेर गर्न लागिएको हो र यसका लागि नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकालको सक्रियतामा भएको जानकारहरूले बताएका छन् ।

ईशाई धर्मको प्रचारका लागि गर्न लागिएको सो संस्थाको कार्यक्रमको विरोध प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेपछि सरकार कार्यक्रमको सहआयोजकबाट पछि हटेको छ ।

म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई सरकारले अतिथि सत्कार नगर्ने भएपछि ढकाल समस्यामा परेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

सरकारलाई समेत विवादमा पार्ने रातो टिकामा लगाएका इसाई धर्मका प्रचारक एकनाथ ढकाललाई कारबाही होला ? आम नागरिकको चासो बढेको छ ।


दक्षिण कोरियाको चर्चको पैसामा नेपालमा राजनीति गर्दै आएका परिवार दलका अध्यक्ष ढकालले उक्त संस्थाको कार्यक्रममा विभिन्न पार्टीका नेताहरूलाई विदेश भ्रमण गराउँदै आएका छन् । मानव तस्करीको आरोप समेत लागेका ढकालको पार्टी अहिले अस्तित्वमा छैन तापनि सत्तारुढ दल नेकपामा उनको राम्रै पकड रहेको बताइन्छ ।

राजनीतिक आवरणमा विभिन्न धन्दामा सक्रिय ढकालको धर्म प्रचार अभियानलाई सभामुख कृष्णबहादुर महरादेखि नेकपाका नेता सुवास नेम्वाङ्गसम्मले साथ दिने गरेको समाचार स्रोतले बताएको छ ।

काठमाडौँको ह्यात होटलमा आयोजना हुने कार्यक्रममा जलवायु परिवर्तन शान्ति तथा विकास, सुशासन लगायतका विषयमा छलफल गर्ने भनिएता पनि शक्ति केन्द्रलाई प्रभावित पारेर इशाई धर्मको प्रचार गर्नु हो भन्ने चर्चाले व्यापकता पाएको छ ।

नेपालमा ढकाललाई इशाई धर्मको प्रचार प्रसार गर्ने व्यक्तिका रूपमा चिनिएको समाचारमा उल्लेख छ । ढकालको कार्यक्रममा नेकपाका नेता माधवकुमार नेपाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, नेतृ सुजाता कोइराला, आरजु देउवालाई समेत प्रभावमा पारेको चर्चा चलेको छ ।

यद्धपी  काठमाडौंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan