Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोग्ने–स्वास्नी मिलेर सहकारीमा करोडौंको ठगी,प्रभाव र दबाबमा प्रहरीको छानविन नै अलमलमा

पक्राउ पूर्जी अलपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं। देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडको धर्मपथस्थित एयरटेल वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुमन केडीया र संस्थाकै प्रवन्ध सञ्चालकसमेत रहेका उनकै लोग्ने अशोक गोयल (जैन)ले सहकारी संस्थामा सर्वसाधारण शेयर बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरी फरार भएपछि उक्त सहकारी संस्थामा बचत गर्ने शेयर सदस्यहरु तनावमा छन् । उनीहरुको दैनिकी टेकुस्थित काठमाडौं प्रहरी परिसरमा धाउँदैमा ठिक्क छ ।

झण्डै ५० करोड बराबरको रकम हिनामिना भएको प्रारम्भिक अनुमान गरिएको छ । सहकारी संस्थाका अध्यक्ष र प्रवन्ध सञ्चालकसहित उनीहरु निकटस्थ रहेका सहकारीमै आवद्ध सीमा बंशल (अग्रवाल), सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मामाथि सहकारी पिडीतले आफूहरु ठगीएको भन्दै किटानी जाहेरी दिएका छन् ।


प्रदेश नं. ३ को प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २०७५ असोज १९ न्यूरोडस्थित एयरटेल वचत तथा ऋण सहकारी संस्थामाथि भएको आर्थिक अनियमितता प्रकरण छानविन गरी कारवाही गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्राचार समेत भइसकेको छ । 

थप समाचारका लागि तलको लिंक क्लिक गर्नुहोस् । 

लोग्ने–स्वास्नी मिलेर सहकारीमा करोडौंको ठगी

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan