Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवादित एसिया प्यासिफिक समिटको १२ तस्विर एकै ठाउँमा ! पूर्व प्रधानमन्त्रीहरुले गरे कार्यक्रम नै बहिष्कार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं  । काठमाडौंमा आजदेखि ‘एसिया प्यासिफिक समिट–२०१८’ सुरू भएको छ। उक्त कार्यक्रमको सुरुवातसँगै आम नागरिकले चासो बढाएकाछन् । विवादित कार्यक्रमलाई राज्यले चासो दिएको भन्दै चौतर्फी बिरोध बढेको छ ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स ९आइक्याप०, इण्टरनेशनल एशोसिएशन अफ पार्लियामेन्ट फर पिस ९आइएपिपी० लगायत संस्थाहरूको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरू सहभागी छन्। विवादित एसिया प्यासिफिक समिटको १२ तस्विर एकै स्थानमा माथी हेर्न सक्नुहुन्छ ।

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधनस्  अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुने बताइएको छ ।

1,एशिया प्यासिफिक समिट–२०१८ बहिष्कार : कांग्रेसका कोही पनि नेताहरु देखिएनन्

2,क्रिश्चियनलाई दंग पार्न काठमाडौंबासीलाई सास्ती !

3,रातो टिका लगाएका इसाई धर्मका प्रचारक ढकाललाई कारबाही होला ?

4,हिन्दु जागरण नेपालका एक सय पचास अभियान्ता पक्राउ (पक्राउ पर्नेहरुको प्राप्त सुची)  

5,धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रममा सास्ती !

6,नेकपाका नेता भीम रावलको हिम्मत ! सम्मेलन गर्न यत्रो पैसा कहाँबाट आयो ?

7,एउटा संस्थाको लागि सरकार र पार्टीको दुरुपयोग गरेकोमा भिम रावलको आक्रोस

 

सम्मेलनमा लागि म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि छन्। सम्मेलन उद्घाटन समारोहमा मानवजातिले स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा धेरै अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको बताए । ‘अन्तरराष्ट्रिय व्यापार, भिन्न संस्कृतिहरु बीचको अन्तरक्रिया र प्रविधिको नवीनतम विकासले विश्व समुदायलाई अझ धेरै गहिरोसँग एकाकार गरेको छ,’ उनले भने ।

जलवायु परिवर्तनले नेपालसमेत आक्रान्त हुँदै गएको संस्मरण गर्दै उनले नेपालको जमीनको ६० प्रतिशत भूभाग बढ्दो तापक्रम न्यून गर्न उपयोग भैरहेको प्रधानमन्त्रीले बताए । हाम्रो हिमालय र बनहरुले वातावरणको दिगोपन कायम गर्न अतुलनीय योगदान गरेका छन्, उनले भने, गल्ती नगरेको समुदाय पर्यावरणीय समस्याबाट पीडित छ । त्यसैले हामी जलवायु न्यायसम्बन्धी सिद्धान्तको पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिन चाहन्छौं ।’

गरिवी, अशिक्षा, र धेरै घातक रोगबाट विश्वभर लाखौं मानिसहरुको ज्यान जोखिममा पारिरहेको बताउँदै प्रधानमन्त्री केपी ओलीले एक्काइसौं शताब्दीका मानिसहरुबीच छलफलका माध्यमबाट समाधान गर्न सकिने विश्वव्यापी समस्याहरुको निराकरण गर्दै विश्वभरिका मानिसहरुको जीवनस्तर माथि उठाउन सफल भएको बताए । ‘अनगिन्ति चुनौती र दिनानुदिन बढ्दै गएका समस्याहरुले हामीलाई सताइरहेका छन,’ उनले,  ‘तिनले हाम्रो शिघ्र ध्यानको माग गरिरहेका छन । ’

सबै राष्ट्रहरुबीच बहुपक्षीय सम्बन्धलाई बलियो पार्दै शान्ति र अन्तरनिर्भरतालाई कायम राख्ने, प्राकृतिक पर्यावरण र बासस्थानको रक्षा गर्दै विकसित र विकाशशील राष्ट्रहरुले आपसी समृदीलाई अघि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।  संस्कृतको भनाइ ‘वसुधैव कुटुम्बकम’ उधृत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संसार नै एउटा परिवार हो भन्ने यसको अर्थ हो । बुद्धको जन्मभूमि रहेको यो देशका हामी आफूभित्रै अरुलाई भेट्छौं । हामीलाई संसारकै सबैभन्दा पुरानो सभ्यताको हिस्सा भएकोमा गर्व छ ।’

कर्यक्रममा शिखर सम्मेलन आयोजक समितिका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा विश्वभरका चुनिएका नेताहरुलाई स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।


एदघाटन सामारोहमा युनिभर्सल पिस फेडरेशन (युपिएफ)की संस्थापक हाक जा हान मुनले समाजिक मूल्य मान्यतालाई एशियाली महिलाहरुले जोगाउँदै आएको बताउँदै परिवार विखण्डन हुन नदिन हरेक ब्यक्तिको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा भारतीय जनता पार्टीका नेता विजय जोलीले युपिएफ संस्थापिका मुनको चिनारी गराएका थिए ।
युपिएफ इन्टरनेशनलका अध्यक्ष थोमस जी वाल्सले वर्तमान समयका चुनौतीहरुलाई समाधान गर्ने तरिकाबारे यस्तै शिखर सम्मेलनहरु विश्वका विभिन्न मुलुकमा गर्दै आएको स्मरण गर्दै नेपालमा यसको पछिल्लो संस्करण गर्न पाउँदा आफू उत्साहित भएको बताए ।


कार्यक्रममा म्यानमारकी नेतृ आङ सान सुची, कम्बोडिया प्रधानमन्त्री हुन सेन, रिपब्लिक अफ नाउरुका राष्टपति बारोन वाका, फिलिपिन्सकी उपराष्टपति मारिया लियोनोर रोब्रेदो, सामोआका राज्य प्रमुख अफिओगा तुइमाले अलिफानो भालेटोआ, टुभालुका महाराज्यपाल सर लाकोबा टाइयाल टालेली, भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडा र पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।


शिखर सम्मेलनको सुरुआतमा नेपालको राष्टिय गीत बजाइएको थियो । गायिका इन्दिरा जोशीले नेपाली र अंग्रेजी गरी दुई गीत गाएकी थिइन् । कार्यक्रमको संचालन युपिएफ नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले गरेका थिए । शिखर सम्मेलन मङ्सिर १७ गतेसम्म सञ्चालन हुने छ । ‘बर्तमान समयका गंभिर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बब्यापक मूल्य–मान्यता’ शीर्षक रहेको सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू सहभागी भएका छन् ।
सम्मेलनले गरिवी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पत्तन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउने विश्वास आयोजक संस्थाले लिएको छ ।

सम्मेलनको उद्घाटनपछिका सत्रहरुमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन,संचारमाध्यमको भूमिकाबारे छलफल हुनेछ । जलवायु परिवर्तन र काठमाडौं घोषणाबारे बिशेष उद्घोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुने जनाइएको छ । 

पूर्व प्रधानमन्त्रीहरुले  गरे कार्यक्रम नै बहिष्कार

‘एसिया प्यासिफिक समिट–२०१८’ उद्घाटन सत्रमा नेपालका पूर्व प्रधानमन्त्रीहरुले कार्यक्रम नै बहिष्कार गरेका छन् । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् माधव कुमार नेपालले नै चेअर गरेको उक्त समिटमा नेकपाकै अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालपनि सहभागी भएनन् ।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, अन्तिरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राई र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पनि समिटमा सहभागी भएनन् । धर्मान्तरणको लक्ष्य राखिएको यस संस्था प्रति न्यूज अभियानले निरन्तर कलम चलाउदै आएको छ ।

यो समिट सुरु हुनु अघिदेखि नै नेपालमा यसलाई लिएर विवाद सिर्जना भएको थियो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा नेपाल सरकार सह–संयोजक बन्न नहुने विरोध आएपछि सरकार आयोजक बन्नबाट ब्याक भएको थियो । कतिपयले त समिट धर्म प्रचारकोलागि आयोजना हुन लागेको भनेर समेत विरोध जनाएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan