Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेनेभा च्यालेञ्जमा नेपालकी सचिना दोस्रो स्थानमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार |
newsabhiyan

चितवन, १५ मङ्सिर (रासस) ः स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीको बहुआयामिक प्रतिस्पर्धाको रुपमा मानिएको जेनेभा च्यालेञ्ज २०१८ मा सहभागी भरतपुर महानगरपालिका–२ क्षेत्रपुरकी सचिना पौडेलको नेतृत्वको समूह दोस्रो भएको छ ।

सन् २०१४ देखि प्रत्येक वर्ष आयोजना गरिने ‘द एडभान्सिङ् डेभलप्मेन्ट गोल्स इन्टरनेशनल’ नामक उक्त प्रतिस्पर्धा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा हो ।

सचिनाका पिता चिन्तामणी पौडेलका अनुसार बङ्गलादेशको ब्राक विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एम.पी.एच.) अध्ययनरत उहाँको समुहमा बङ्गलादेशका तीन साथी पनि रहेका थिए । सो समूहले एशिया महादेशको प्रतिनिधित्व गरेको थियो । उहाँको समूहले शहरीक्षेत्रमा हरियाली भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

पौडलका अनुसार पी वान र पी टु गरी दुई मोडेलको उक्त परियोजना सञ्चालनका लागि मोबाइल एप्ससमेत विकास गरिएको र शहरमा उत्पादन हुने फोहर व्यवस्थापनलाई समेत साथसाथ लगिएको छ ।

परियोजनामा बङ्गालादेशको ढाका शहर जस्तै बढी जनघनत्व भएका र खेतीका लागि जमीन नभएका शहरी क्षेत्रमा ढलान गरिएको घरको छानाको प्रयोगबाट तरकारी उत्पादन गर्ने एवं त्यसको बजारीकरणसमेत गरिएको छ ।

द जेनेभा च्यालेञ्ज नाम दिइएको यस प्रतिस्पर्धा कोफे अनान फाउण्डेशन, द ग्राजुयट इन्स्टिच्यूट जेनेभा, सेन्टर फर इन्टरनेशनल इन्भाइरोमेन्ट स्टडिज र एसडीएसएन युथले सञ्चालन गरेको हो ।

विश्वभरका स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले तीनदेखि पाँच जनाको समूह बनाएर प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था छ ।

यस पटकको प्रतिस्पर्धाका लागि विश्वका विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर पढ्दै गरेका विद्यार्थीबाट लिइएको आवेदनमध्ये छनोट गर्दै अन्तिम प्रतिस्पर्धामा सबै महादेशको प्रतिनिधित्व हुने गरी पाँच समुह छनोट गरेको थियो ।

सो प्रतिस्पर्धामा एशियाका तर्फबाट सचिनाको नेतृत्वको समूह द्धितीय भएको हो । प्रतिस्पर्धामा उत्तर अमेरीकाको कोलम्बिया विश्वविद्यालय प्रथम भएको पौडेलले बताउनुभयो । प्रतियोगिता यसै साता भएको थियो ।
––– 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan