Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कवि सम्मेलन सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार |
newsabhiyan

काठमाडौँ, १५ मङ्सिर (रासस) ः नगरपालिका दिवसको अवसरमा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा आज बुढानिलकण्ठस्तरीय कवि सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा करीब पाँच दर्जन सर्जकले रचना वाचन गरेका थिए । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको कविताबाट शुरु भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमायाँ डङ्गोल, बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल र वडा सदस्य पुरुषोत्तम नेपालले पनि कविता वाचन गर्नुभएको थियो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रमले स्थानीय तहको प्रवद्र्धनका लागि योगदान मिल्ने बताउनुभएको थियो । कार्यक्रम प्रदेश सांसद् दीपक निरौलाको संयोजकत्वमा भएको थियो । सम्मेलनको आयोजक काठमाडौँ खबर डट कम, कपन अनलाइन डट कम ,बीएसजी न्युज र न्युज अफ टोखा रहेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan