Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्वतका छ पत्रकार पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १६ आइतबार | (रासस)
newsabhiyan

पर्वत, १६ मङ्सिर । नेपाल पत्रकार महासङ्घ पर्वतले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट पर्वतका छ पत्रकार पुरस्कृत भएका छन् ।

शाखाको शनिबार सम्पन्न दशौँ साधारणसभाको अवसरमा पत्रकारलाई नगदसहित सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत हुनेहरुमा २०७० को सिर्जनशील पत्रकारिता पुरस्कारबाट सन्तोष थापा, २०७१ को पुरस्कारबाट गणेश पौडेल, २०७२ को पुरस्कारबाट अगन्धर तिवारी, २०७३ को पुरस्कारबाट माया अधिकारी, २०७४ को पुरस्कारबाट राजबाबु पिसी र २०७५ को पुरस्कारबाट रोशनी तिवारी रहनुभएको छ ।

पुरस्कृत पत्रकारलाई नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । यसैगरी पर्वतको पत्रकारितामा योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष भोलानाथ शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महासङ्घका महासचिव विष्टले मुलुकी अपराध संहितामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी दफाहरु संशोधन र श्रमजीवी पत्रकार ऐन ठूला र व्यावसायिक मिडियाले कार्यान्वयन नगरेमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan