मोरङमा चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड, युवकले सर्पलाई मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङ । मोरङको इटहरा- २ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ ।
मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेको स्थानीय एक्ले श्रेष्ठले जनाएका छन्् ।
श्रेष्ठका अनुसार आफूले सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गरेर पुनः मन्दिर परिसरमा ल्याएको बताएका छन्
स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा परेको इटहरा सोमबारेका खगोल न्यौपानेले बताए ।