Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकारहरुमा अनुरोध भन्दै उपाध्यायले गरे यस्तो अपिल, मृत्यु पश्चात् दाहसंस्कारमा रोक !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १७ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । पण्डित रामकृष्ण उपाध्याय आज बिहानै सामाजिक सञ्जालबाट पत्रकार मित्रहरुमा एक अनुरोध गरेकाछन् ।

धर्मान्तरणको लक्ष्य सहित आयोजित हिजोमात्र सम्पन्न भएको विवादित एशिया प्यासिफिक सम्मेलन– २०१८लाई लक्षित गर्दै उनले एक अपिल गरेका हुन् ।

विवादित एसिया प्यासिफिक समिटको १२ तस्विर एकै ठाउँमा ! पूर्व प्रधानमन्त्रीहरुले गरे कार्यक्रम नै बहिष्कार

उनले उक्त इसाई मिसनरिज कार्यक्रममा भाग लिने र लिन खोज्ने साथै डर र लाजले नजानेहरुको नालीबेली उतार्ने तय गरेकाछन् । यस्ताछन् उनका प्रश्न । 

इसाई मिसनरिजको कार्यक्रममा को को भाग लिन गएका थिए ?
को को जान तयारी गर्दै थिए तर डर र लाजले गएनन् ?
ककसले रक्सिको अभिषेक लिए ?

नाम लिस्ट पाउँ न ।

अब यिनीहरु पुरै अपवित्र भइसके । यिनीहरुलाई प्रायश्चित्त नगराई सार्वजनिक क्षमा नमागी अब मन्दिर प्रवेस , यिनीहरुलाई मृत्यु पश्चात् आर्यघाटमा दाहसंस्कार र कुनै पनि सनातनीय धार्मिक कार्यक्रममा सहभागी बनाउन निषेध विज्ञप्ति जारी गर्नु पर्यो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan