Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साहित्य : कविता - मेरो गाउँ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १७ सोमबार |
newsabhiyan
newsabhiyan

परशुराम ढकाल -

मेरो गाउँ
म हिँड्ने बेलामा
मेरो गाउँ मलाई भन्दै थियो
“आउनू है चाँडै
मलाई नबिर्सनू
मेरा काखमा रहेका तिम्रा पाइलाहरू
ताजै राख्नेछु म
तिम्राचुल्बुले बालक्रीडा
आँखैमा साँच्नेछु म
लोर्के ठिटो बनेर मेरो आङ ढाक्ने
कपडालिएर,
पैरो छेक्ने टेको बोकेर
अँध्यारामा भासिएका खाडलहरू पुर्ने गरी
गिटीबालुवा भरिएको

टिपर चढेर”
आज बीस बसन्त बितिसक्यो
मफर्केको छैन
मेरो गाउँ
निधारमाथिहात राखेर
मेरो बाटो हेर्दै होला ।
क्षितिजमा देखिन्छ किभन्दै
आँखाझिक्याउनपनि
डराउँदो होला
तर खै !
सहरको खहरेमा बगेको म
निस्कनै सकिनँ दलदलबाट
बगिरहेँ
कहिले कलेजका कक्षाहरूमा
कहिले जागिरका टेबुलहरूमा
कहिले मृग तृष्णाका महलहरूमा ।
त्यो लहलहधानफल्ने
टिकाजाको फाँट
स्याङ्जाको शान र पहिचानदिन
स्वाभिमान साथ उभिएको खर्सुको लेक
अनि कलकल बग्ने त्यो आँधीखोला
आज मेरै पर्खाइमा छन् ।

भौतिकयथार्थ
मनको राप रहेछ
पोल्ने भतभती
पाए पनि नपाएपनि
भावनाले मन छुँदो रहेछ
वैभवले मन तान्दो रहेछ
लाग्छ
अब त जाऊँ गाउँतिरै
परिस्थिति विपरीत बन्दो रहेछ
गाउँखाली छ
म जस्तै सन्तानहरूको अभावमा
हेरिरहेछ क्षितिजमा
आउँदैछन् कि
म र म जस्तै भनेर


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan