Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समिटमात्रै होइन एकनाथ ढकालकोसमेत नेता माधवकुमार नेपालले बचाउ गरे

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

यसरी बचाउ गरे माधव नेपालले भने मदर मुन र एकनाथ ढकाल राम्रा मान्छे हुन्, विरोध गर्नेलाई समाप्त पार्छु
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एसिया समिटको विरोध गर्नेहरु आफैँ समाप्त हुने चेतावनी दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेपाललले समिट नेपालका लागि फाइदाजनक भएको दावी समेत गरे ।

समिटमा सरकार र प्रधानमन्त्री केपी ओलीको सहभागितालाई लिएर तिब्र असन्तुष्टी भइरहेका बेला नेता नेपालले भने समिटको बचाउ गरेका हुन् ।

समिटको आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेका एकनाथ ढकालकोसमेत नेपालले बचाउ गरेका छन् । नेपाल आफैँ पनि ढकालको सहयोगमा देश विदेश घुम्ने गरेका नेता हुन् ।

समिटमा आएकी मदर मुनको पनि नेपालले खुलेर प्रशंसा गरे । अघिल्लो दिन सोही कार्यक्रममा नेकपाकै नेता भीम रावलले भने समिटको विरोध गरेका थिए । तर नेपालले भने रावलको तर्कप्रति असन्तुष्टी जनाए ।

उनले आफू पनि समिटमा सहभागि भएर आशीर्वाद लिएको स्विकार गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan