Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जोमसोम अस्पतालमा बिक्रीकक्ष सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार | (रासस)
newsabhiyan

ठिनी (मुस्ताङ), १८ मङ्सिर । सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले औषधि बिक्रीकक्ष सञ्चालन गरेको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए ।

उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

“अब चौबिसै घण्टा औषधि बिक्रीकक्ष खुल्ला रहनेछ,” उहाँले भन्नुभयो । सो बिक्रीकक्षको सोमबार गण्डकी प्रदेशका सदस्य चन्द्रमोहन गौचनले उद्घाटन गर्नुभयो ।

यसअघि मनाङ र मुस्ताङ जिल्ला अस्पतालमा औषधि बिक्रीकक्ष थिएन । मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई असुविधा हुने गरेको थियो ।

सरकारले निःशुल्क वितरण गर्ने बाहेकका औषधि तोकिएको मूल्यमै बिक्री गरिने जिल्ला अस्पतालका सिनियर अहेव कर्ण थकालीले बताउनुभयो । औषधि बिक्रीकक्ष सञ्चालन गर्न गत वर्ष भवन निर्माण गरिएको हो । यस वर्ष औषधि खरिद गर्न रु चार लाख ९० हजार बजेट उपलब्ध भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan