Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब आइसिटी क्षेत्रले नेपालमै ८५ हजारभन्दा बढीलाई रोजगार दिने (भिडियो सहति)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

मंसिर १८, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट आईसीटीलाई लाखौं युवालाई रोजगारी दिलाउने क्षेत्र बनाउन चाहान्छन्। वहाँको भनाइलाई मान्ने हो भने अहिले सूचना प्रविधि (आईसीटी) दबिएको छ । अनेकन समस्याभित्र रुमलिएको आईसीटी क्षेत्रलाई अब यही अवस्थामा छाडेर बस्ने पक्षमा सरकार छैन एक त्रिपक्षीय अन्तरकृयामा मन्त्री बिष्ट स्पष्ट पारेका छन ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले हिजो काठमाडौंमा संयुक्त रुपमा गरेको कार्यक्रममा मन्त्री बिष्टले अब कुन देशमा कहिले रोजगारी खुल्छ भनेर नसोध्न आग्रह समेत गरेकाछन। उनले देशभित्रै युवाले काम गरेर बस्ने र बाँच्ने वातावरण कहिले बन्छ भनेर सोध्न अनुरोध गर्दै त्यसको सुरुआत आईसीटी क्षत्रेबाट नै हुने बताए।

भर्खरै आईसीटी क्षेत्रमा कसरी, कति रोजगारी सिर्जाना गर्न सकिन्छ भनेर सरकारले एउटा अध्ययन प्रतिवेदन तयार गरेको जानकारी दिँदै बिष्टले देशभित्र रोजगारी सिर्जना गर्नेमा सरकारको ध्यान भएकाले अरु विषय दोस्रो प्राथमिकतामा रहेको सुनाए।

‘देशभित्रै काम गर्ने संस्कति बसाउने कुरा महत्वपूर्ण छ। यसका लागि मध्यमस्तरका जनशक्तिलाई आईसीटी क्षत्रेमा आवद्ध गर्ने हाम्रो योजना हो,’ उनले भने,‘अहिले ८५ हजारलाई रोजगारी दिने सम्भावनाको कुरा प्रतिवेदनले भनेको छ । हामी वातावरण सुधारेर त्यलाई लाखौंमा लैजान चाहान्छौं।’

कार्यक्रममा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले सरकारले जनशक्ति प्रक्षेपण कार्यदल बनाएर सरकारले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ भनेर अध्ययन गर्न सुरु गरेको बताए । अब त्यसैका आधारमा शिक्षाका नीति र कार्यक्रमहरु बनाइने बताए । त्यसबाट आवश्यक जनशक्तिको उत्पादन देशभित्रै भएर कामका लागि विदेशिनुपर्ने अवस्था हट्ने उनको विश्वास छ ।

सचिव बरालले आइसीटी शिक्षा र शिक्षामा आईसीटीको प्रयोग दुई अन्तर सम्बन्धित विषय भएकाले यसलाई प्राथमिकतामा राखेर शिक्षा मन्त्रालयले काम गरिरहेको उल्लेख गरे।

कार्यक्रमका सहभागीहरुले पनि सरकारले योजना बनाएर महत्वका साथ काम गरे सूचना प्रविधि (आईसीटी)को क्षेत्रमा ब्यापक मात्रामा रोजगारी सिर्जना गर्न कठिन नरहेको बताएका छन्। कार्यक्रममा सहभागीहरुले प्रविधिको क्षेत्रमा रहेका विभिन्न समस्या समाधनमा सरकार अग्रसर भएमा ब्यापक मात्रामा रोजगारी सिर्जनाको सम्भाब्यता रहेको बताए।
बाँकी भिडियोमा हेर्नुहोस ...


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan