Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Break the pattern

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

चन्द्र खत्री (स्वामी सत्यव्रत), हुन त यौन इच्छा पुरुषमा भन्दा महिलामा १० गुणा बढी हुने तथ्य सर्वेक्षणबाट प्रष्ट भइ सकेको छ, सिग्मन फ्रायडले पनि उल्लेख गरेको पाइन्छ तर फेरी अर्को पक्ष के छ भने लज्जापन पुरुषमाभन्दा महिलामा १०० गुणा बढी हुने तथ्यलाई पनि नकार्न सकिदैन ।

त्यसैले आफ्ना इच्छा, आकांक्षा र कामनालाई तिलान्जली दिएर so called सम्मान पाउनको लागि जो लालायित हुन्छन् – तिनीहरु पनि एक अर्थमा दमनवादी हुन् र मानसिक रोगी नै हुन् । मित्रहरु के कुरामा प्रष्ट हुनु पर्छ भने हिटलर हुने शक्ति र बुद्ध बन्न सक्ने शक्ति भनेको काम शक्ति नै हो ।

शक्ति रुपान्तरणको नाम नै अध्यात्म हो । जसले कामको विरोध गर्छन्, तिनीहरुको भित्र कामवासनाले नराम्ररी जरा गाडेको हुन्छ ।

यदी कामले जरा गाडेको छैन भने पनि अब शुरु भयो, जीवन बहु आयामिक छ, हाम्रो सनातन सँस्कृति colourful, संगीत एक स्वरबाट उत्पन्न हुँदैन, संगीतको लागि विभिन्न स्वरहरुको मिश्रण हुनु जरुरी छ, गीतारको तारलाई अति नै कस्यो भने चुडिन्छ, कम कस्यो भने स्वर निस्कँदैन, ठिक्क मात्रामा कस्नु पर्ने हुन्छ, मैले माथि पनि उल्लेख गरिसकेको छु –न अतिवादी, न हीनवादी, न मिथ्यावादी – बन सम्यकवादी ।

हामीहरुले जसको विरोध धेरै गर्छौ त्यसैको बढी याद आउँछ, हामीहरुलाई मित्र र भगवान्को याद त्यति आउँदैन, सैतान र शत्रुहरुको याद आउँछ, दुश्मनको याद आउँछ किनकि हामीहरुलाई भगवान्बाट र मित्रहरुबाट कुनै खतरा छैन– खतरा छ भने दुश्मन र सैतानसित नै छ, राती सुतेको बेलामा, नीद्रामा समेत दुश्मनले आएर घाटी समातेको सपना समेत देख्नु हुने छ ।

त्यसैले भगवान्सित शत्रुता गरौँ, मित्रता हैन, मृत्युको खोजीमा लागौँ – जीवनको खोजीमा हैन, असत्यको खोजीमा लागौं–सत्यको खोजीमा हैन, अधर्मको खोजीमा लागौ – धर्मको खोजीमा हैन, बडो विरोधाभाषी लाग्ने छ, यही नै शाश्वत सत्य हो ।

शास्त्रहरु, पुस्तकहरु पढेर सत्य खोज्ने हैन – असत्य खोज्न शुरु गर्नुहोस्, शान्तिको खोजीमा हैन अशान्तिको खोजीमा निस्कनुहोस्, जीवनको हैन – मृत्युको खोजीमा निस्कनुहोस्, यस्तो त कही पनि भनेको छैन भन्नु होला – पक्कै हो कही पनि र कसैले पनि भनेको छैन, यो मेरो जानकारी अनुसार मैले भनेको छु ।

अध्यात्म परम्परित रुपमा आउन सक्दैन, अध्यात्म स्वयंले साक्षात्कार गर्न सक्नु पर्छ । साहस गर्नुहोस् – pattern लाई break गर्ने । यसमा जीवन जीउनको जुन मजा छ, अरुमा छैन, असुरक्षामा पनि सुरक्षा महसुस् गर्न सक्नु भनेको आध्यात्मिक उपलब्धि हो ।

एउटा सानो प्रसङ्ग यहाँ लिन सान्दर्भिक सम्झे – सिकन्दर विश्व विजेता बन्नको लागि यात्रामा निस्के, उनी सारा संसार विजय हेतु सैनिक सहित निस्केका थिए । जब उनी भारत भूमिमा प्रवेश गरे, उनले थाहा पाए कि एक जना वडो विचित्रको महसूर सन्त पनि यहाँ छन्, भारतमा सन्तको त कुनै भोकमरी छैन नै ।

उनले सोचे कि ती सन्तलाई पनि आफ्नो विजय यात्रामासँगै लिएर जानमा ठीकै होला । उनले आप्mना सैनिकहरुलाई आदेश दिए कि ती सन्तलाई खोजेर लिएर आऊँ । सैनिकहरु चारैतिर खोज्दै अन्त्यमा त्यस सन्त कहाँ पुगे, सन्त मस्त थिए, न कुनै चिन्ता, न कुनै पिर – खुला आकास मुनि बस्त्रहीन खरानी घँसेर बसेका थिए ।

 सैनिकहरुले भने हामीहरु तिमीलाई लिन आएका हौ, हाम्रा चक्रवर्ती सम्राठ सिकन्दरले लिन पठाउँनु भएको हो । सन्तले भने –  म कसैले भनेर कही जाँदैन, तिमीहरुको सम्राठ होला सिकन्दर तर मेरो सम्राठ त हैन, मैले उसले भनेको मान्नै पर्छ भन्ने छैन । 

सैनिकहरुले भने सिकन्दरको भनाई नमान्नुको परीणाम तिमीलाई थाहा छैन होला, हठ नगर तिमीलाई प्रशस्त सेवकहरु दिइने छ, मान मर्यादा, पदवी, राम्रो खाना, लगाउन, बस्न स्वर्गीय आनन्दमा तिमी जिउन पाउने छौ भनेर लोभाउन थाले तर सन्तले भने यी सबै कुराहरु चाहेको भए म सन्त हुने थिइन ।

“एक साँधे सब साँधिया, सब साँधे एक जाय” भनेर ती सन्त मस्तीले हाँसे । ती सम्पूर्ण सुख सुविधालाई सबैलाई महत्व नदिएपछि सैनिकहरुले ती सन्तलाई धम्काउन थाले – अन्यथा हामीहरुले तिमीलाई जिवित छाड्ने छैनौँ, तिमीले हठ छोड भने तर सन्तले खिलखिलाएर हाँस्दै भने, त्यो पनि गरेर हेर न त ?

सैनिकहरु हार मानेर सिकन्दर कहाँ गएर यी सम्पूर्ण बृतान्त सुनाए, अब सिकन्दर आपैm त्यहाँ आए, सन्तले सिकन्दरलाई पनि त्यसै प्रकारले तिरष्कार गरेपछि सिकन्दरले रीसमा हे सन्त अब तलाई मैले बाँकी राख्दिन, तँ जस्तो हठीलाई सिध्याउनमा नै कल्याण हुन्छ भनी तरवार निकाले । 

सिकन्दरले भने अब तिम्रो सर र धड अलग गरिखिन्छु, सन्तले भने– त्यो पनि गरी हेर । सिकन्दर दुविधामा परे त्यसै बीचमा सन्त जोडले हाँसे र भने हे सिकन्दर हेरौ त तेरो तरवारको करामत, यो मेरो अगाडिको बटबृक्षलाई एकै पटकमा काटेर देखाऊ भन्दा सिकन्दर नबोली एकै चोटीमा त्यो बृक्षलाई छिनाली दिए ।

अब सन्तले भन्छन् – अब त्यसलाई फेरी जोड, सिकन्दरले भन्छन् जोड्न म सक्दिन, सन्तले फेरि भन्छन् – जसलाई तिमीले बनाउन सक्दैनौ, त्यसलाई विगार्ने अधिकार कसले दियो । सिकन्दर झस्कियो, तर सन्तले भने केही छैन, अब तिमीले तिम्रो इच्छा पूरा गर ।

मलाई दुई टुक्रा पार्ने तिम्रो रहर पूरा गर, मैले पनि हेरु – सर र धड कसरी दुई टुक्रा हुने रहेछ, म न त सर हुँ न त धड – म त सर र धडको द्रष्टा हुँ । त्यस पछि सिक्रन्दरको सन्तलाई मार्ने इच्छा हरायो । सिकन्दरको सोचाइको जस्तो मनुष्य ती सन्त थिएनन् – ती सन्त अरु कोही नभएर “डायोजनिस” थिए, भारत बर्षका ।

ती सन्त काम र रामका द्रष्टा थिए, भगौडे हैन । पानीमा पौडनु गल्ती हैन तर पानीमा डुबेर मर्नु के हो भन्ने हामीहरु सबैलाई थाहा नै छ । पौडिन नजान्ने मानिस पानीमा प्रवेश नगर्दा नै राम्रो हो ।

एउटा शाश्वतताबाट विमुख नहुनु होला – “डायोजनिस” कामका विरोधी थिइएनन् । परम् भोगको लागि भोगलाई त्याग्नु पर्छ, परम् कामको लागि कामलाई त्याग्नु पर्छ । सन्तहरुले जानेर कामको साक्षी बनेका हुन्छन्, त्यहाँ परम् भोगको राज छिपेको हुन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan