Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रक गायक सुदिपको "ओम शान्ति ओम" सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम ” रकस्टार ”मा रहेको गित "ओम शान्ति ओम" को म्युजिक भिडियो सार्बजनिक भएको छ । 

विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए ।सास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन् । 

रक गायक सुदिप कुमार थकालीको आफ्नै शब्द तथा संगीत रहेको यस गीतमा शान्तिका संदेशहरु प्रबाह गरिएको छ ।  नियोन क्रियसनले भिडियोलाइ बजारमा लिएर आएको छ भने भिडियोमा गायक आफै तथा उनका ब्याण्ड मेम्बरलाई देख्न सकिन्छ । 

यस गीतको म्युजिक भिडियोले दर्शक स्रोताहरुको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले "ओम शान्ति ओम" नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा बिश्वस्त छन् । 

साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाइ हेरेर दर्शक  आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन् l आफू जहा रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै श्रोता दर्शकहरुको गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाटमा आउने कुरा उनी बताउछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan