Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एयर होस्टेजको हर्कत !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

संसारकै चुनौतीपूर्ण जागिरहरूमध्ये पर्छ एयर होस्टेजको जागिर । कहिलेकाहीं यस्ता यात्रु पनि हुन्छन् जसले उट्पट्याङ माग समेत राख्ने गर्छन् । हो, उनीहरूको काम केवल यात्रुलाई ख्याल नराखी यात्रुको आँखा झिम्किक नगरी हरेक क्रियाकलापको निगरानी गर्नुपर्छ । 

यात्रुको हप्की दप्की, गालीबेइज्जती समेत सहनुपर्छ ।  जापानमा भएको एक घटनाले अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।

एक खबरका अनुसार, यात्राका दौरान एकजना यात्रीले एयरहोस्टेजसँग आफ्नो सीट परिवर्तन गर्न माग राखेका थिए ।

सबै सिट प्याक भएका कारण आपूm असमर्थ रहेको एयरहोस्टेजले ती यात्रुलाई बताइन् । लगातार सीट बदल्न भन्दै हैरान गरेपछि ती एयर होस्टेज काबुबाट बाहिर भइन् ।

उनले एउटा कागजमा सीटको चित्र बनाएर उनको अगाडि टाँसिदिइन र त्यसैमा बस्न भनेकी हुन् । यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पायो र मान्छेको प्रतिक्रिया पनि गजब गजबको आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan