Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, मंसिर १८ ।
जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् ।

बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको भर्ना फारम भरे । उनलाई कलेजको कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र प्रिन्सिपल गोपाल भण्डारीले स्वागत गरेका थिए ।
सन्दिप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका हुन् । उनलाई चार वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ती प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।

जेभियर इन्टरनेशनल कलेजले गरिब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ती दिने गरेको छ । सन्दिपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो ।

सन्दिपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने कलेज परिसरमा आयोजित काईक्रममा बनाए । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ । देशका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने कार्यमा जेभियर सधैं अगाडि रहदै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan