Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बौद्ध र डाफोडिल फाइनलमा,एलएको दोहोरो जित

आयोजकको दोश्रो जित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan

काठमाडौं । 
आयोजक बौद्ध इन्टरनेसनल स्कुल र डाफोडिल ‘ए’ तेश्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बौद्धले टेरेसा एकेडेमीलाई ४६–३४ ले पराजित ग¥यो । बौद्धको जितमा अर्जुन क्षेत्रीले १९ अंक योगदान गरे । आङ फुर्वा शेर्पाको १४ अंक सहयोगमा डाफोडिल ‘ए’ ले बुद्ध एकेडेमीलाई २४–१९ ले हरायो ।
गल्र्समा स्किब्सले डाफोडिललाई २३–१९ तथा एचएचसीएले न्यु बुद्ध प्रकाशलाई ३५–१४ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । स्किब्सकी विसुता श्रेष्ठले १४ तथा एचएचसीएकी अनिता सुनुवारले १७ स्कोर गरे ।

एलएको दोहोरो जित
आयोजक लिटिल एन्जल्स (एलए) ले तेश्रो एलए कपअन्तर्गत ब्वाइज फुटबलको पहिलो दिन मंगलबार दोहोरो जित हात पारेको छ ।
हात्तीवनस्थित घरेलु मैदानमा एलए नीलोले ग्रामरलाई १–० तथा एलए रातोले कस्मिकलाई ५–० गोलले पराजित गरे । अन्य प्रतिस्पर्धामा जेभियर एकेडेमीले एलए यल्लोलाई २–१ ले हरायो भने सीसीआरसी र सेन्ट लरेन्सले गोलरहित बराबरी खेले ।

आयोजकको दोश्रो जित
आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीले २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार दोश्रो जित हात पारेको छ ।
सेन्ट जेभियर्सले डिएभीलाई ५–१ गोलले पराजित ग¥यो । विजेताका माणिक चौधरी र अभिषेक लोले २–२ तथा सुभय महर्जनले १ गोल गरे । डिएभीका अल्भिन महर्जनले सान्त्वना गोल गरे ।
त्यस्तै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले क्रेसेन्ट एकेडेमीलाई ३–२ गोलले हरायो । एमआईएसका जेनिश डुवाडीले २ तथा रोजन वज्राचार्यले १ गोल गरे । क्रेसेन्टका सुजल तामाङ र रियास लामाले १–१ फर्काए । मोरान मेमोरियल स्कुल, झापा र विद्य संस्कारबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan