Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भीमदत्तनगरपालिका–१० जिमुवामा भारतीय सुरक्षाकर्मीद्वारा सडक निर्माणमा रोक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार | (रासस)
newsabhiyan

कञ्चनपुर, १८ मङ्सिर : भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

गड्डाचौकी, जिमुवा हँुदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् ।

“चलनभोग गर्दै आएको जग्गामा सडक बनाउनका लागि ठाउँ दिएका थियौँ”, स्थानीयवासी पशुपति चन्दले भन्नुभयो, “दशगजाभन्दा ५० मिटर वरसम्म सडक बनाउन नपाइने भन्दै रोक्न लगाएको छ ।” सडकको अवस्था नराम्रो भएकाले नगरपालिकासँग सडक बनाउन अनुरोध गरी जेसिवी ल्याइएको उहाँले बताउनुभयो ।

नगरपालीकाका सूचना अधिकारी हरिसिंह धाँमीले सडक बनाउँदै गर्दा एसएसबीले दशगजामा पर्ने भनेर रोकेकाले कार्य सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । “सडक स्तरोन्नतिको काम अगाडि बढाउनका लागि भारतीय पक्षसँग समन्वयको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रजिअ तारानाथ अधिकारीले नेपाली भूमिमा सडक निर्माण भइरहेको भए भारतीय पक्षले रोक्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय समकक्षीसँग समन्वय गरेर समस्याको निकास निकालिने छ ।” सीमास्तम्भ अद्यावधिक नहुँदा सीमा विवाद आउने गरेकाले सम्बद्ध पक्ष बसेर निकास निकालिने उहाँले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan